समाज

कालिमाटी फलफूल तथा तरकारी बजारमा कोरोना परीक्षण

पिसिआर प्रविधिबाट परीक्षण गरिनु पर्ने बजार समितिको माग

काठमाडौं- कोरोनाको उच्च जोखिम देखिएपछि नेपालकै ठूलो कालिमाटी फलफुल तथा तरकारी बजारमा समितिमा कार्यरत सम्पुर्ण पदाधिकारी तथा त्यहाँ प्रत्यक्ष रुपमा कृषि बस्तुको खरीद विक्री कार्यमा संग्लन हुनेहरुमा कोरोना परीक्षण सुरु गरिएको छ ।  

बिहीबार दिउँसो १२ बजेदेखि तरकारी बजारमा कोरोना परीक्षण गराउनेकोहरुको सँख्या ६ सय रहेको छ । तरकारी बजारमा कार्यरत कर्मचारी, ब्यापारी, सालक, सहचालक , भरिया, मजदुरलगाएतको कोरोना परीक्षणको लागि स्वास्थ्य तथा जनसँख्या मन्त्रालय र काठमाडैं महानगरपालिकाको सहकार्यमा विहिबार कोरोना परीक्षणको कार्य सुरु गरिएको हो ।  

तरकारी बजारका थोक विक्रेता भोला खड्का सूचना पाउनसाथ ११  बजे परीक्षणका लागि पुगेका थिए । खुद्रा ब्यापारी, मजदुर, चालकलगाएतसग धेरै लिंक हुने भएकोले सुरक्षाको लागि कोरोना परीक्षण गराउन आएको बताए । ‘मेरो विहानको समयमा धेरै ब्ययक्तहरुसँग सिधै लिंक हुन्छ,’ थोक ब्यापारी खड्काले नागरिकसँगको भेटमा भने ‘मेरो पिसिआर प्रविधिबाट परीक्षण भयो । बजारमा मुख्य ब्यक्तिहरुको पिसिआर प्रविधिबाट परीक्षण भइरहेको छ । यो विश्वासनिय प्रविधि भएको र मुख्य ब्यापारीहरुको सम्पर्कम धेरै जना हुने भएकोले यस प्रविधिबाट हामी थोक ब्यापारीहरुको परीक्षण गरिएको छ ।’

काठमाडौं महानगरपालिका बडा नम्बर १३ को संयोजनमा सुरु गरिएको कोरोना परीक्षणमा ४ सय जनाको आरडिटी र २ सय जनाको पिसिआर प्रविधि प्रयोग गरि परीक्षण कार्य सुरु गरिएको तरकारी बजारका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले बताए ।  

कालिमाटी तरकारी बजारमा दैनिक १० हजार ब्यक्तिहरुले आवतजावत गर्ने ठाउँ हो । कार्यकारी निर्देशक पौडेलका अनुसार पिसिआर प्रविधिबाट तरकारी बजारमा निरन्तर आवतजावत गर्ने होसेल ब्यापारी र पदाधिकारीलगाएतका मुख्य ब्यक्तिहरुको परीक्षण गरिने हो भने आरडिटि प्रविधिबाट खुद्रा ब्यापारी, मजदुर, चालक, सहचालक, भरिया तथा  सफाइ कर्मचारी लगाएतको परीक्षण गरिने छ । कार्यकारी निर्देशक पौडलेलले बजारमा हजारौं र अनियन्त्रीत सँख्यामा मान्छेहरुको बढी आवतजावत हुने भएकोले कोरोनाको परीक्षण हुनु पर्ने कुरा बारम्बार बजार समीतिले उठाउँदै आएको थियो ।  

‘हाम्रो बजारमा विहानको समयमा मात्र दैनिक ५ हजारको भिडभाड हुने ठाउ हो,’ कार्यकारी निर्देशक पौडेलले भने ‘उच्च जोखिम पनि यही छ । भारतबाट समेत २५ प्रतिशत कृषि बस्तुहरु आइरहेको छ । त्यही भएर कोरोना परीक्षण आवश्यक परेको हो ।’

बजार समीतिका उप निर्देशक विनय श्रेष्ठले कालीमाटी तरकारी बजार अतिआवश्यक बस्तुको कारोवार हुने र धेरै खुद्रा ब्यापारी तथा मजदुरहरु हुने भएकोले जोखिपुर्ण छ । दैनिक १५ सय भरिया कालिमाटिमा काम गर्ने गरेको र उनीहरुको सम्पर्कको लिंक पनि धेरै ब्यक्तिसँग रहेको तर परीक्षणको किट ६ सय मात्रले नपुग्ने उनले बताए ।  

१३ बडाका वडाध्यक्ष धु्रवनारायण मान्धरले सरकारले तरकारी बजार परिसरमा प्रत्यक्ष रुपमा संलग्नलाई ६ सयलाई मात्र परीक्षण गर्ने भने पनि स्थानीयहरुको भिडले परीक्षणमा चुनौति थपिएपको बताए ।  

‘अस्पताल नजानु पर्ने र घर छेउमै परीक्षण हुने भएपछि स्थानीयहरु बढी आएका छन्। आउ भन्न नि मिलने,’ बजार परिसरमा उस्थित बडा अध्यक्ष मानन्धरले भने ‘बजार ब्यवस्थापन समीतिले बजार परिसारभित्र मात्र प्रत्यक्ष सरोकार राख्ने यकिन तथ्याँक राख्न नसकेकोले कतै मुख्य ब्यक्तहरुनै परीक्षणमा नपर्ने हो कि भन्ने चिन्ता छ । ’  

उनले आफूहरुले सबैको पिसिआर प्रविधि विश्वासनिय भएकोले कम्तीमा कालीमाटी बजारका सबैलाई पिसिआरबाटै परीक्षण हुनु पर्ने सरकारसँग माग गरे पनि सरकाले हाललाई पिसिआर प्रविधिबाट परीक्षण गर्ने किट प्रयाप्त नभएको जवाफ दिएको जनाए । आरडिटि प्रविधिबाट परिक्षण भएकाहरुर्ला पुनः पिसिआर प्रविधिबाट परीक्षण गरिनु पर्ने माग समेत बजार समीतिले गरेका्े छ । 

प्रकाशित: १ जेष्ठ २०७७ १०:१६ बिहीबार

कोभिड १९ कोरोनाभाइरस