समाज

बलात्कार आरोपमा लिम्बू पक्राउ

मोरङको उर्लाबारीबाट प्रहरीले एक जना युवकलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ  गरेको  छ । १५ वर्षीया बालिकालाई उर्लाबारी नगरपालिका–४ का ३९ वर्षीय तुमकुमार लिम्बूले बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार साँझमा पक्राउ गरेको जनाएको छ ।  

‘बालिकालाई लिम्बूले घरको कोठाभित्र लगी ढोका थुनेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले भने, ‘पक्राउ परेका लिम्बूले परिवारका सदस्य कोही पनि नभएको समयमा बालिकालाई आफ्नै घरमा बोलाएर बुधबार बिहान बलात्कार गरे हुन् ।’  

विराटनगरस्थित कोसी अस्पतालमा बालिकाको उपचार र स्वास्थ्य परीक्षण भएको र प्रारम्भिक स्वास्थ्य परीक्षणको रिपोर्टले पनि बालिका बलात्कृत भएको देखाएको प्रहरीले जनाएको छ । बुधबार बिहान बलात्कार गरेर फरार भएका लिम्बूलाई बुधबारै साँझमा मोरङको मिक्लाजुङको जंगलतर्फ भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लिम्बूलाई जबरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।  

प्रकाशित: १ जेष्ठ २०७७ ०९:३८ बिहीबार

विविध