समाज

शिक्षण अस्पतालमा उपचाररत कपिलबस्तुकी बालिकामा कोरोना

काठमाडौं- महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल माभर्ना भएकी एक बालिकामा कोरोना देखिएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले उपचारत ६ वर्षिया बालिकामा कोरोना देखिएको पुष्टि गरे। 'कपिलबस्तुबाट उपचारको लागि ल्याइएकी बालिकामा कोरोना देखिएको छ,' उनले भने, 'अहिले उनको उपचार भइरहेको छ।' घाँटीमा समस्या देखिएपछि उनलाई ६ दिन अघि अस्पताल भर्ना गरिएको थियो। बालिका टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन्। 

 

प्रकाशित: १ जेष्ठ २०७७ ०५:२५ बिहीबार

कोभिड १९ कोरोनाभाइरस