समाज

ताप्लेजुङका अग्नि पीडितलाई अमेरिकामा पनि जुट्न थाल्यो सहयोग (अपडेट)

क्याप्शन

ताप्लेजुङ- ताप्लेजुङका अग्नि पीडितलाई अमेरिकाबाट पनि सहयोग जुट्न थालेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित दोखु घर भई हाल अमेरिकामा बस्दै आएका पुष्कर बरालको अगुवाईमा अग्नि पीडितका लागि राहत संकलन सुरु भएको छ ।  

बिहीबार बिहानसम्ममा ६ सय ५९ अमेरिकी डलर अर्थात् करिव ७९ हजार रुपैयाँ संकलन भईसकेको र यो अभियान जारी रहेको बरालले सामाजिक सञ्जालमार्फत प्रष्ट्याएका छन् । उनले सहयोगी दाताहरुको नामावली नियमित अद्यावधिक गरी सार्वजनिक गर्ने समेत बताएका छन् । संकलन कार्य केहि समय सम्म जारी रहने भएकोले सहयोगी मनप्रति उनले सहयोगका लागि आवहन समेत गरेका छन् । बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका नेपालीहरुले मिलेर संकलन गरेको ६ लाख ९२ हजार १६१ रुपैयाँ बुधबार मात्र बितरण गरिएको थियो ।  

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले गत बैशाख १९ गते फुङ्लिङमा भएको आगलागीबाट घर पूर्ण नष्ट भएका ७ घर परिवारलाई जनही ३६ हजार ६६६ रुपैयाँ र अन्य २० प्रभावित परिवार र संस्थागततर्फ जिल्ला फुटबल संघले जनही २० हजार ७३८ रुपैयाँका दरले राहत बितरण गरेको थियो ।  

 

 

प्रकाशित: १ जेष्ठ २०७७ ०३:२९ बिहीबार

राहत आगलागी