समाज

कोरोना संक्रमित २ सय ४५ मात्रै, स्वास्थ्य मन्त्रालयले गल्ती सच्यायो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै रहेको जनाएको छ। यसअघि संक्रमितको संख्या २ सय ५० पुगेको सूचना जारी गरेको मन्त्रालयले पुनः सूचना जारी गर्दै उक्त विवरण गलत रहेको जनाएको हो। पहिले नै कोरोना पुष्टि भएका व्यक्तिको विवरण पुनः रिपोर्टिङ भएकोले त्रुटि भएको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएइका छन्।  

मन्त्रालयद्वारा जारी पछिल्लो विज्ञप्ति

यसअघि मन्त्रालयले नै थप पाँच जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या २ सय ५० पुगेको सूचना जारी गरेको थियो।  

मन्त्रालयले बिहान जारी गरेको विज्ञप्ति

प्रकाशित: १ जेष्ठ २०७७ ०५:२२ बिहीबार

कोभिड १९ कोरोनाभाइरस