समाज

तीन दिनमा ४ हजार ७ सयबढी नेपालीहरू लुकेरै नेपाल पसे

प्रदेश ५ मा थप २ जनामा काेराेना संक्रमण

भारतका कोरोना फैलिएका शहरहरूबाट फर्केकाहरूबाटै कोरोनाको संक्रमण भित्रीरहेको प्रदेश नं. ५ मा अझैपनि सिमाक्षेत्रबाट असाबधानी पुर्बक नेपालीहरू लुकेर पस्ने क्रम घटेको छैन । बरु झन बढेको छ । क्वारेन्टिनको क्षमता बिस्तार नहुँदै र पिसिआर टेष्टकालागि किट अभाव भइरहेकै बेला पारीबाट लुकेरै हुलका हुल वारी आइरहेका छन । पछिल्लो तिन दिनमा प्रदेशका सिमावर्ती ४ वटा जिल्लाबाट ४ हजार ७ सय बढी नेपालीहरू लुकेर नेपाल पसेका छन ।

त्यसरी पस्नेमा अधिकाँस भारतका कोरोना फैलिएका शहरहरू दिल्ली,बम्बै,गुजरात,बैङलोर, कानपुरका छन । भारतका बिभिन्न शहरमा कोरोन संक्रमण तीब्ररुपमा फैलिरहेको बेला तीनै शहरमा कार्यरत नेपालीहरू बिना सावधानी लुकेरै प्रबेश गरीरहदा प्रदेश ५ कोरोनाको उच्च जोखिमा परेको छ । सिमा क्षेत्रका त्रास फैलिएको छ ।  

कपिलवस्तुमा पछिल्लो ३ दिन मै भारतका बिभिन्न शहरबाट फर्केका ३ हजार ४ सय जना चोर बाटो हुदै प्रबेश गरेका छन । गत बैशाख २८ गते प्रशासन कार्यालयले जारी गरेको प्रतिबेदनमा जिल्लाका क्वारेन्टाईनमा १ हजार ३७९ जना मात्र थिए । मंगलवार सो संख्या बढेर ४ हजार ७८८ जना पुगेको छ । ‘३ दिनमा क्वारेन्टिनमाा थपिएका यी ३ हजार ४ सय भारतबाट लुकीछिपी आएकाहरू हुन’ जनस्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले भने । भारतको महाराष्ट्रका बिभिन्न शहरमा कार्यरत नेपालीहरू अहिले घर फर्किरहेका छन । ्सिमा क्षेत्रमा अहिले पनि २ हजार ५ सय जना रहेको र ती एक दुइ दिनमै रातसाँझमा लुकेर वारी आइसक्ने श्रोतको दावी छ ।

भारतका बिभिन्न शहरमा कोरोन संक्रमण तीब्ररुपमा फैलीरहेको बेला तीनै शहरमा कार्यरत नेपालीहरू बिना साबधानी लुकेरै प्रबेश गरे पछि कपिलस्तु कोरोनाको उच्च जोखिमा परेको छ । जिल्लामा यसअघि देखिएका ३० जना संक्रमित मध्ये २९ जना भारतबाट लुकेर आएका हुन ।

सिमा नाकाबाट प्रबेश गर्न नदिन ९३ किलो मिटरकोे खुला सिमानाकामा १ हजार ४ सय बढी सशस्त्र प्रहरी परिचलान गरिएको प्रशासनले जनाएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले भारतबाट फर्केकाहरूले नै क्वारेन्टाईनमा भरिभराउ भए पछि ब्यवस्थापनमा चुनौती देखिएको बताए । सरकारको आदेश अनुसार सिमामा कडाई गरिएको भएपनि खुला सिमा चुनौतीको रुपमा रहेको उनले बताए ।  

कपिलवस्तुमा १० वटा पालिकामा ४ हजार ९६५ क्वारेनटाईन बेड छन । अहिले सम्म जम्मा ६ सय ६२ जनाको स्बाव सकलन गरिएकोमा १ सय १६ जनाको रिपार्ट आउन बाकी छ ।  

रुपन्देहीमा पछिल्लो तीन दिनमा ६ सय ५२ जना लुकेर नेपाल पसेका छन । बिहिबार बिहान उज्यालो नहुँदै थप दुइ सय जना मर्चवार र लुम्बिनी क्षेत्रबाट नेपाल पसीसक्ने जानकारी सिमावर्ती गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुखहरूले पाइसकेका छन । करिब एक हजार जना मुख्य नाका बेलहिया पारीको सनौली नौतनवामा अलपत्र छन । प्रहरीले मुख्य नाकाबाट भने कसैलाइ पस्न दिएको छैन ।

लुकेर आएकामा अधिकाँस सिमाबर्ती पालिकाका छन । दिल्ली,बम्बै,गुजरातमा बिभिन्न कारखाना,घर तथा होटलमा मजदुरी गर्नेहरूलाइ भारतीय पक्षले मालबाहक गाडीमा खाँदेर नाकामै ल्याएर छोडिदिएका थिए । त्यसरी आएकाहरू सहज रुपमा पस्न नपाएपछि रातीको समयमा झाडी, खोला, खेत, जंगलबाट र कति त गाँइगोठालो बनेरै वारी आएका छन । रुपन्देहीका १६ पालिकामा १७ वटा क्वारेन्टिन छन । तीन वटा नाममात्रैका छन । बाँकी १४ वटाको बेड क्षमता ६ मात्र हो ।  

भारतबाट लुकिछिपी आउने क्रम बढेसगै क्वारेन्टिनमा नअटेकालाइ सिमावर्ती गाँउपालिकाहरूले स्कुलहरूमा राखेका छन । टेन्टहाउसबाट मगाएर बेडको व्यवस्था गरीएको छ । खानाको व्यवस्था घरबाटै गर्नु पर्ने गराइएको छ । पर व्यक्ति १७७ रुपैँया खाना खर्च पालिकाले उपलब्ध गराउने सर्तमा सम्बन्धित व्यक्तिको घरबाटै खानाको व्यवस्था गर्नु पर्ने नियम बनाइएको सम्मरीमाइ गााँउपालिकका स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले बताए । नवलपरासीमा पछिल्लो तिन दिनमा दुई सय जना भारतबाट पसेका छन् । बाँकेमा दुइ दिनमा मात्रै ४५० जना नेपाल पसेका छन् । बाँकेका सिमानाकाहरूमा अहिले पनि एक हजार बढी नेपालीहरू वारी आउन खोजीरहेका छन् ।  

बर्दियामा भने अहिले सम्म लुकेर नेपाल पस्नेको संख्या कम देखिएको छ । पछिल्लो एक सतामा १०÷१२ जना लुकेर नेपाल पसेकालाइ क्वारेन्टिनमा राखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले बताए । नेपाल सरकारको नीति अनुरुप लकडाउनको पालना गर्न भारतको छिमेकी जिल्लाका अधिकारीहरू संग पनि समन्वय गरीएको र दुवै देशका नगारिक र तीनका आफन्तलाइ जो जहा छ त्यही बस्न र लाकडाउनलाइ पालना गर्न पहिलो देखिनै सुचित गरीएकाले नाकामा लुेकर पस्नेको ठुलो भिड लाग्न नपाएको प्रजिअ लामीछानेले बताए । आधिकारिक रुपमा भागेर आउनेको सख्या  

भारतले लकडाउन खुकुलो परेको छ । रेल सेवा पनि सुरु भएको छ । थुप्रै नेपालीले घर फर्कन रेलको टिकट लिएका खबरहरू पनि आइरहेको छ । ती रेल सिमा नजिक आइपुग्दा यो नेपाल फकर्नेको सख्या ह्रवात्तै बढने छ । हालको अवस्थामा क्वारेन्टाइन अभाव छ । पिसीआर टेष्टकालागि प्रदेशमा किट अभाव छ । अहिले सम्म यो प्रदेशमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । सबैभन्दा धेरै कपिलवस्तुमा २९ जना, बाँकेमा २५ जना र बर्दियामा एक जना छन् । रुपन्देही १६ जनामा एक जना निको भएर फर्केका छन् । संक्रमितलाई रुपन्देही र बाँकेका आइसोलेसन अस्पतालमा राखिएको छ ।

प्रकाशित: ३१ वैशाख २०७७ १४:१६ बुधबार

सीमा समस्या सीमा सुरक्षा काेराेना सङ्कट