समाज

नेकपा नेता रावलको सुरक्षामा खटिएका थिए संक्रमित सशस्त्र प्रहरी

एक महिनादेखि विदामा थिए

काठमाडौं- मंगलबार भक्तपुरमा भेटिएका कोरोना संक्रमित मध्ये एक जना सुरक्षाकर्मी रहेको खुलेको छ। उनी नेकपा नेता भिम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरी समेत हुन्। मंगलबार भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोनासंक्रमण देखिएको थियो। 

उनी चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा बस्दै आएका थिए। उनको टेकु अस्पतालमा उपचार भइहरेको छ। स्रोतका अनुसार उनी एक महिनादेखि विदामा थिए। ति सुरक्षाकर्मीको घर रामेछाप हो। उनको ट्राभल हिस्ट्रि लिने काम भइरहेको छ। अर्की महिला सल्लाघारीमा बस्ने गर्थिन्। एक अस्पतालमा कार्यरत उनी सुनसरीबाट काठमाडौं आएकी थिइन्। ति सुरक्षाकर्मी रावलको पछुवा गाडिमा खटिने गर्थे। ड्युटीमा फर्किन लागेका उनलाई सशस्त्र प्रहरीले पिसिआर परीक्षण गरेर मात्र जान भनेको थियो।

अहिले कोरोना देखिएको क्षेत्रलाई सिल गरेर निगरानी बढाइएको छ।

 

प्रकाशित: ३१ वैशाख २०७७ ०५:१६ बुधबार

कोभिड १९ कोरोनाभाइरस