समाज

जुम्लाका ८ सय ४९ जनाको रिपोर्ट नेगेटिभ

जुम्ला - जुम्लाका एक नगरपालिकासहित ८ वटै स्थानीयतहबाट संकलित ८ सय ४९ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। मंगलबार विहान ८ बजेदेखि परीक्षण शुरु भएकोमा बिहान ३ बजे मात्र परीक्षण गरेर सकिएको थियो।  

स्वाब परीक्षणमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान शिक्षण अस्पताल जुम्लाका शिक्षाध्यक्ष निरेश थापाले सबैको रिर्पोट नेगेटिभ आएको जानकारी दिए। उनले भने,‘यो रिर्पोटले जुम्लामा कोराना संक्रमण नभएको देखिएको छ। तर निरन्तर रुपमा स्वाब परीक्षणको कार्य जारी रहनेछ।  

प्रतिष्ठानका चिकित्सकको टोलीले भोक निन्द्रा नभनेर स्वाब परीक्षणमा जुटेका हुन्। एकै दिनमा ८ जनाको स्वाब संकलन गरेर एक दिनमा परीक्षण गरेर रिर्पोट निकालेको यो नेपालकै पहिलो हो।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला जनस्वास्थ्य कार्यालयको संयुक्त टोलीले जुम्लाका विभिन्न ८ वटा स्थानीयतहका ८ सय ४९ जनाको स्वाब संकलन गरिएको कर्णाली अस्पतालका निर्देशक डा. मंगल रावलले जानकारी दिए।  

स्वाब संकलनमा प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका २४ जना प्रयोगशालाकर्मीको सहभगिता रहेको थियो।   पुल टेस्टमा १० जनाको नमुनालाई एकै ठाउँमा मिसाएर परीक्षण भएको थियो।   ५ जनाको नमुना मिसाएर परिक्षण ग¥यौ,शिक्ष्माध्यक्ष थापाले भने,‘ विहान तीन बजेसम्म  सबै जनाको स्वाब परिक्षण ग-यौँ। सबै जनाको रिपोर्ट नेगेटिभ आयो। धेरै जनाको परीक्षण गर्नुपर्दा पुल टेस्ट गरियो। ’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनशक्तिले जुम्लामा स्थानीय तहका स्वास्थ्य कर्मीहरुको सहयोगमा जिल्लाका आठवटै स्थानीय तहबाट क्वारेन्टाईनमा बसेका र बाहिरबाट आएकाहरुको प्रतिष्ठानले एकै दिन जुम्लाका सवै स्थानीयतहबाट आठ सय ४९ जनाको स्वाब संकलन गरको थियो।  

 यस अघि मेशिन नहुदा सरकारले प्रतिष्ठानको जनशक्तिको सहयोगमा तीन सय २४ जनाको स्वाब संकलन गरेर एकैपटक हवाई मार्गबाट गरेर काठमाण्डौ लिई परीक्षण गरेको थियो।     प्रदेश सरकारले कर्णालीका दश जिल्लाका २७ स्थानमा स्वाब संकलन भईरहेको जनाएको छ। जसमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  १० स्थानबाट आएको स्वाब परिक्षण भएको छ।  सो तयारीका लागि एकै पटक धेरैको परीक्षण गर्न प्रतिष्ठानले शुरु गरेको हो।   पिसिआर परीक्षण विधीमा खटिएको टिमलाई प्रत्यक्ष निर्देशनमा जाँच गरेका शिक्षाध्यक्ष डा. थापाका अनुसार दश जनाको स्वाब एकै स्थानमा राखेर गरिने विधी पुलिङ विधी हो। यद्यपी पुलिङ परीक्षण विधीबाट पनि पोजेटिभ आएमा फेरी १० जनाको भिन्नै परीक्षण गरिएको हो। कर्णाली प्रतिष्ठानमा राखिएको मेसिन र जनशक्तिले एक सातामा दश हजार जनाको स्वाब परिक्षण गर्न सकिन्छ।  तर कर्णाली प्रतिष्ठानले तत्कालिन कर्णालीका पाँच जिल्लाबाट आएको स्वाबको मात्र परिक्षण गर्ने छ।  

जिल्लाको पातारासी गाउँपालिका ७०, चन्दननाथ नगरपालिका ५८, तातोपानी गाउँपालिका एक सय ५०, तिला ७०, हिमा ३७, कनकासुन्दरी दुई सय, गुठीचौर ९५ र सिंजा २ सय ९ जना गरी ८ सय ४० जनाको स्वाब संकलन गरिएको थियो ।  जिल्लामा ९ वटा हेल्थ डेस्क राखिएको छ। हाल सम्म १०हजार ९ सय ९५ जनाको  स्वास्थ्य परिक्षण गरिएको छ। यहाँ क्वारेन्टाइनको बेड संख्या ५ सय २१ रहेको छ।  आइसोलेसन बेड १ सय २० भएकोमा एक हजार २४ जना क्वारेन्टाइनमा बसेर फर्किएका छन्। १ सय ३८ जना स्वास्थ्यकर्मी परिचालन भएका थिए। ५ सय १६ जना होम क्वारेन्टाइनमा छन्। हाल सम्म जुम्लामै मेसिन आएपछि ९ सय ५३ जनाको स्वाब परीक्षण गरिएको छ। ३ सय २४ जनाको स्वाब काठमाण्डाँैमा लगेर परीक्षण गरिएको थियो। कुल १ हजार २ सय ७७ जनाको पिसिआर परीक्षण भएकोमा सबैको रिर्पोट नेगेटिभ आएको हो।  

  आरडीटीबाट २ सय ६१ जनाको परीक्षण गरिएको थियो। ६ सय ४५ लकडाउन विपरित चल्ने सवारीसाधनलाइ कार्वाही गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। 

प्रकाशित: ३१ वैशाख २०७७ ०४:५७ बुधबार

काेराेना सङ्कट