समाज

काठमाडौंका संक्रमितहरु हालै उपत्यकाबाहिरबाट आएका थिए

 काठमाडौंमा मगंलवार भेटिएका तीन जना संक्रमितहरु मध्येमा दुई जना काठमडौं उपत्यका वाहिरवाट वैशाख २९ गते आईपुगेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। संक्रमित तीनै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई मंगलवार राति नै यो अस्पतालमा भर्ना गरिएको हो।  

अस्पतालका प्रवक्ता अनुप वास्तोलाका अनुसार काठमाडौं मच्छेगाउँ बस्ने ३३ वर्षीय महिला  वैशाख २९ गते कंचनपुरवाट काठमाडौं आएकी थिइन् भने भक्तपुर राधे–राधेकी २५ वर्षीय महिला २९ गते नै सुनसरीवाट काठमाडौं आएकी थिइन्। घरवेटीले डेरामा बस्न नदिएपछि उनीहरु परिक्षणको लागि टेकु अस्पतालमा पुगेका थिए। वाँकी एक पुरुष सुरक्षाकर्मी रहेको र काठमाडौंमै बसिरहेको डा.वास्तोलाले जानकारी दिए।  

अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले विरामी संक्रमितहरुको दिउँसो चार जबे विस्तृत जानकारी दिने  बताएका छन्। तीन सातादेखि राजधानीमा विभिन्न नाका हुँदै मोटरसाइकलमा काठमाडौं आउने र कतिपय राजधानी आएका वससंगै राजधानीमा पुन कोरोना संक्रमणको उच्च जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘वाहिरवाट आउनेलाई रोक्न सकेनौं,परिक्षणको दायरा राजधानीमा पनि  बढाउँदैछौं’ स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले भने।

प्रकाशित: ३१ वैशाख २०७७ ०२:४९ बुधबार

काेराेना सङ्कट