समाज

लकडाउनकाे बहानामा साढे ६ करोड राजश्व नतिर्ने चलखेल (अपडेट)

जितपुरसिमरा उपमहानगरपालिकामा बेथिति

लकडाउनको कारण देखाएर जितपुरसिमरा उपमहानगरपालिकाको खातामा जम्मा गर्नुपर्ने नदीजन्य पदार्थको ठेक्काको करोडौ राजश्व रकमलाई ठेकेदारहरुले नतिर्ने चलखेल सुरू गरेको खुल्न आएको छ ।

जितपुरसिमरा उपमहानगरपालिकाको खातामा चालु आर्थिक बर्षको चैतमसान्त भित्रमा नदीजन्य पदार्थको ठेकेदारबाट १० करोड ५८ लाख राजश्व रकम ठेकेदारहरुले जम्मा गर्नु पर्नेमा अहिलेसम्म तीन करोड ९२ लाख मात्रै राजश्व रकम ठेकेदारहरुले खातामा जम्मा गरेको जितपुरसिमरा उपमहानगरपालिकाका राजश्व शाखाले जनाएको छ ।

ठेकेदारले अहिले लकडाउनको बहानामा जितपुरसिमरा उपमहानगरपालिकाको पदाधिकारीहरूको सहयोगमा नदीजन्य पदार्थको ठेक्काबाट आउनु पर्ने ६ करोड ६६ राजश्व डुब्ने चलखेल शुरु गरेको बताइएको छ ।

लकडाउन चैत दोस्रो हप्ता देखि शुरु भए पनि त्यसैको बहानामा मंसिर र माघमा जम्मा गर्नु पर्ने राजश्व रकमलाई ठेकेदारहरुले तिर्नमा अटेरी गर्दै आएको छन् ।

पसाल, दुधौरा र बालगंगा गरेर तीन वटै खोलाहरूबाट ९३ लाख ५९ हजार क्युफिट नदीजन्य पदार्थहरु उत्खनन गर्नको हेटौँडाको न्यु पाथीभारा सप्लार्यस, सिमराको श्रेष्ठ बिल्डर्स र कलैयाको ओम सप्लार्यसले मूल्य अभिबृद्धी कर बाहेक छुट्टाछुट्टै १० करोड ५८ लाखमा ठेक्का स्कार गरेका जितपुरसिमरा उपमहानगरपालिकाको राजश्व शाखा प्रमुख रामेश्वर बंजाराले बताएका छन् ।

दुधौरा खोलाबाट नदीजन्य पदार्थको ठेक्का स्कार गरेका सिमराको श्रेष्ठ बिल्डर्सका सन्चालक लालबहादुर श्रष्ठले चैत मसान्तसम्मा तिर्नु पर्ने तीन करोड ७९ लाख राजश्वको रकम मध्ये ९७ लाख राजश्व मात्रै तिरेको बताए । श्रेष्ठसँग बाकी किस्ताको रकमा माग्दा बेवास्था गर्दै आएको बताए ।

बालगंगा खोलाको नदीजन्य पदार्थको ठेक्का स्कार गरेका हेटौँडाको न्यु पाथीभारा सप्लार्यसले चैत मसान्तसम्मा तीन किस्तामा गरेर तीन करोड ५७ लाख राजश्व तिर्नेमा अहिलेसम्म पहिलो किस्ता बापतको लगभग एक करोड २७ लाख मात्रै तिरेको बंजाराले बताए ।

तीनवटै ठेकेदार मध्ये पसाह खोलाका ओम सप्लायर्सका साहले दोस्रो किस्ताको राजश्व रकम तिर्दा पनि, दुधौराका श्रेष्ठ बिल्डर्सका लालबहादुर श्रेष्ठले जितपुरसिमरा उपमहानगरपालिकाका पदाधिकारीहरुको मिलोमतोमा पहिलो र दोस्रो किस्ता बापत नतिर्दा राजश्वको करोडौ रकमा डुब्ने डर समेत भएको छ ।

त्यसै गरि पसाह खोलाको नदीजन्य पदार्थको ठेक्का स्कार गरेका कलैयाका ओम सप्लायर्सका सन्चालक ओमशंकर साहले चैत मसान्तसम्मा तीन किस्तामा गरेर तीन करोड लाख राजश्व तिर्नेमा अहिलेसम्म पहिलो र दोस्रो किस्ता बापतको लगभग दुई करोड राजश्व तिरेको बंजाराले बताए ।

कोरोना भाइरसको कारणले चैत १५ गते पछि खोला नालाहरुको उत्खनन बन्द रहे पनि माघमसान्त सम्मको दोस्रो किस्ताको एक करोड २७ लाख राजश्वको रकम समेत न्यू पाथीभाराले नतिरेको उनले बताए ।

पहिलो किस्ताको ३० लाख र दोस्रो किस्ताको एक करोड २७ लाख गरेर माघमसान्त सम्ममा एक करोड ५७ लाख समेत श्रेष्ठले राजश्व रकम जम्मा गर्नमा आलटाल गर्दै आएको बंजाराको भनाई छ ।

श्रेष्ठ र न्यू पाथीभारा गरि दुबै ठेकेदारलाई माघ मसान्तसम्मको दोस्रो किस्ताको राजश्व रकम जितपुरसिमराको खातामा जम्मा गर्नको लागि फागुन ५ गते देखि नै पटक पटक चिठी लेखेर तागेदा गर्दा पनि दुबैले रकम जम्मा गर्नमा आलटाल गरेको उनले बताए ।

चिठीको भरमा मात्रै राजश्व रकम उठन नसकिने देखे पछि फागुन ३० गते ईलाका प्रहरी कार्यालय सिमरालाई समेत राजश्वको रकम ठेकेदारबाट उठाउनमा सहयोग गरि दिन चिठी लेखिए पनि ठेकेदारले राजश्व रकमा तिर्नमा आलटाल गर्दै आएको अवस्था रहेको बंजाराले बताए ।

तीनवटै ठेकेदार मध्ये पसाह खोलाका ओम सप्लायर्सका साहले दोस्रो किस्ताको राजश्व रकम तिर्दा पनि, दुधौराका श्रेष्ठ बिल्डर्सका लालबहादुर श्रेष्ठले जितपुरसिमरा उपमहानगरपालिकाका पदाधिकारीहरुको मिलोमतोमा पहिलो र दोस्रो किस्ता बापत नतिर्दा राजश्वको करोडौ रकमा डुब्ने डर समेत भएको छ ।

नदीजन्य पदार्थको ठेक्का रकम ठेकेदारहरुबाट किस्ता अनुसारको राजश्व रकम असुल्नु पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा.कृष्ण पौडेल, तत्कालिन प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाईको निजी स्वार्थको कारणले राजश्व रकम ठेकेदारहरुबाट असुल्नमा नसकिदा अहिले उपमहानगरपालिकाको साढे छ करोडौ भन्दा बढी राजश्व डुब्ने अवस्थामा आएको गुनासो स्थानीयहरुले गरेका छन् ।  

न्यु पाथीभारा सप्लार्यसका प्रतिनिधी रहेका नबिन अधिकारीले खोलाबाट बेचिएको नदीजन्य पदार्थको रकम जम्मा गर्नमा समस्य भएकोले माघमसान्ता तिर्नु पर्ने दोस्रो किस्ताको रकम जितपुरसिमरा उपमहानगरपालिकालाई तिर्न नसकिएको तर्क गरेका छन् ।

बजारमा उधारो रहन गएको रकमलाई जम्मा गरेर दुई चार दिन मै तिर्ने कार्यमा आफुहरु लागेको अधिकारीले बताए ।

जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा.कृष्ण पौडेलले नदीजन्य पदार्थको ठेक्का स्कार गरेका ठेकेदारहरुबाट पहिलो र दोस्रो किस्ताको रकम बुझाउन तागेदा गरेको बताएका छन् ।

प्रकाशित: ३० वैशाख २०७७ १४:०१ मंगलबार