समाज

प्रदेश २ मा संक्रमितको संख्या ७२ पुग्यो

लहान- प्रदेश २ म एकैदिन ४० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो संगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । मंगलबार पर्सा जिल्लाको वीरगन्जमा ३९ र बारामा १ जना कोरोना पोजेटिभ भेटिएका छ्न् ।

यसअघि वीरगन्ज महानगरपालिका ३ चपकैयाका एकै परिवारका १७ जना कोरोना पोजेटिभ भेटिएपछि बस्ती सिल गरी कन्ट्याक्ट ट्रेसिङ सुरुगरिएको थियो । यस बस्तिबाट गरिएको स्वाब परीक्षणको परिणाम आउँदा ३९ जनामा संक्रमण पुष्टि भएको हो । 

प्रकाशित: ३० वैशाख २०७७ ०८:५६ मंगलबार

प्रदेश २ कोभिड १९ कोरोनाभाइरस