समाज

ताप्लेजुङमा सडक खन्न थालियो

कोरोना महामारीका कारण ठप्प विकास निर्माणका कामहरु सुरु हुन थालेका छन्। ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण कृषि सडक आयोजनाको काम शिलान्यास गरिएको छ।  

१ करोड रुपैंया बजेट रहेको कात्तिके–गोर्जा–सानोफेदी–पावेक–ठूलीटार–डाँडाखर्क हुँदै निघुरा दिनसम्म मोटरबाटोको शिलान्यास गरिएको हो। नेकपा १ नम्बर प्रदेशसभा संसदीय दलका उपनेता टंक आङ्बुहाङे, प्रदेशसभाका सदस्यद्वय बलबहादुर साम्सोहाङ र होमकुमारी साँवाले संयुक्त रुपमा सडक शिलान्यास गरेका हुन्।

आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङ्पाङस्थित नेबुखामबाट सुरु भएको सडकले चालू आर्थिक वर्ष भित्रै निर्माणले गति लिने प्रदेशसभाका सांसद आङ्बुहाङले बताए। आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष बिश्वनाथ सिटौलाले गाउँपालिकाको माथिल्लो भागका जनताका लागि यो सडक छोटो र सिधा सडकको रुपमा रहने बताए।

प्रकाशित: ३० वैशाख २०७७ ०४:५२ मंगलबार

काेराेना सङ्कट