समाज

घर-घरमा राहत बाड्दै बेलहियाका युवा

भैरहवा - नेपाल भारत सीमा नाका बेलहियाका यूवाहरुले स्वतस्पूर्त रुपमा राहत बाड्दै आएका छन्। नेपाल लकडाउन भएसँगै विपतसँग सामाना गर्न सिद्धार्थनगर–१ बेलहियाका यूवाहरुले बेलहिया यूवा सामाजिक अभियान्ता समूह नै गठन गरी राहत स्वरुप खाद्यान्न सहयोग गरेका हुन।

 चैत ११ गते लकडाउन भएसँगै स्थानीय यूवा सुमन शर्माको अगुवाईमा ६ जनाले सूरुवात गरेको सो समूह अहिले २२ जनाले सहकार्य गरीरहेका छन्। समूहले यूवाहरुबाट संकलित रकम र अन्य विदेशबाट आएको सहयोग रकमले राहत वितरण गरिरहेको छ। हालसम्म चार सय ७५ परिवारलाई राहत वितरण गरिसकेको छ। 

कोरोना भाइरसलाई मध्यनजर गरी बनाइएको समूह महामारी नियन्त्रणमा आए पश्चात स्वतः विघटन हुने गरी गठन गरिएको समूहका सचिव माधव शर्माले बताए। स्थलगत र वडा कार्यालयसँग समन्वय गरी बास्तविक विपन्न, दैनिक ज्यालादारी र भाडामा बस्ने मजदुर परिवारलाई सामाजिक दुरी कायम गरी घर घर नै समूहले राहत वितरण गरिरहेको समूहका संयोजक सुमन शर्माले बताए।

 चैत २७ गते ७४ जना परिवारलाई राहत दिई सुरुवात गरेको अभियानमा राहत दिदा नाममात्र गोप्य रुपमा तथ्याङकका लागि राख्ने गरेको छ। राहत लिएपछि परिवारलाई कुनै प्रकारको मनमा संकोच नआओस भन्नका विना तस्बिर घर घरमै राहत पु¥याउने गरेको संयोजक शर्माले बताए।

आइतबार साझ एघारौ चरणमा थप सय परिवारलाई राहत वितरण गरेको छ। समूहलाई एघारौ चरणको राहत सामाग्री नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरले प्रदान गरेको छ। संघका अध्यक्ष असिम न्यौपानेले यूवा समूहलाई भन्सार परिसरमा सो सामाग्री हस्तान्तरण गरेका थिए। समूहले प्रत्येक ४ जनाको परिवारलाई दश दिन सम्म पुग्ने दरले चामल, आटा, नुन, तेल, आलु–प्याज, मटर, दाल, सोयावडी र चिउरा प्रदान गर्दै आएको अभियान्ता समूहका कोषाध्यक्ष देवराज न्यौपानेले बताए।

वडा नं. १ वेलहियाका प्राय सबै पथ, हर्नैया, नौडिहवा र सिमा आसपासका सबै विपन्न परिवारलाई एक पटक राहत वितरण गरिसकेको छ, दोस्रो चरणमा पनि केही बस्तु थपघट गरी वितरण गर्नका लागि समूहले योजना बनाइरहेको छ। समूहले भाडामा बसी अध्ययन गरिरहेका विद्यार्थीलाई खाद्यान्न, सडकका वेवारिसेलाई तथा समस्यामा पेका बटुवाहरुलाई दिउसोमा नास्ता पनि वितरण गरिरहेको छ। 

प्रकाशित: २९ वैशाख २०७७ ०४:१६ सोमबार

राहत लकडाउन