समाज

गोरखामा खाद्यान्न बोकेको ट्रक दुर्घटना, चालक गम्भीर घाइते

दुर्घटना ग्रस्त खाद्यान्न बोकेको ट्रक । तस्बिर सौजन्य : मदन पन्त

गोरखा- गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ६ सुकेडाँडा भन्ने ठाउँमा ट्रक दुर्घटना हुँदा चालक बिकास बिक गम्भीर घाइते भएका छन् ।

गोरखाबाट आज बिहान खाद्यान्न लिएर गण्डकी गाउँपालिकाको मकैसिंङ जाँदै गरेको ग १ ख ४४३३ नम्बरको ट्रक सडक बाट २० मिटर तल खसेको प्रत्यक्षदर्शी स्थानीय मदन पन्तले बताए । घाइते बिकको पेटमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि गोरखा अस्पताल ल्याएको छ ।

लकडाउनको बेला केही दिन यता खाद्यान्न, निर्माण सामग्री बोकेका सवारी निर्वाद चल्न दिँदा तिब्र गतिमा हुँईकिने गरेको गुनासो सर्वसाधारणले गर्ने गरेका छन् ।

 

प्रकाशित: २७ वैशाख २०७७ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App