समाज

बागमती र लालबकैयाको नियन्त्रण गरिने : प्रमुख श्रीवास्तव

रौतहट- बाढीले कटान गरेको तथा सवारी साधनले बिगारेको बागमती र लालबकैया नदीको तटबन्धको मरम्मत गरिने बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुरका प्रमुख राजकुमार श्रीवास्तवले बताएका छन् । सम्भव भएको काम अहिले नै गर्ने र तत्काल गर्न सम्भव नभएको कामको काम चलाउ मरम्मत गरिने श्रीवास्तवले बताएका छन् ।

बागमती नदीको तटबन्धको रौतहटको समनपुरस्थित खोलामा निरीक्षण गर्दै श्रीवास्तवले बागमती नदीमा पानी आइसकेकोले अहिले नयाँ स्परको निर्माण सम्भव नभएको तर मरम्मत गरेर तटबन्धको जोखिमलाई कम गरिने बताएका छन् । बागमती नदीको अन्य ठाउँमा पनि तटबन्धको मरम्मत आवश्यक रहेको बताउँदै श्रीवास्तवले लालबकैयामा पनि आवश्यक ठाउँमा मरम्मत तथा पुनः निर्माण गरिने स्पष्ट पारेका छन् ।

बाँकी रहेको समयमा कार्यालयले द्रुत गतिमा काम गर्ने इन्जिनियर पान्डवप्रसाद देवले बताएका छन् । बागमती नदीको तटबन्ध निरीक्षणको क्रममा गढमिाई नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष रामविनय कुमार राय यादव तथा नगरपालिकाका लेखा प्रमुख कामेशवर सहनीलगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो । बागमती नदीको पश्चिमी तटबन्धको मरम्मत नगरिए रौतहटका विभिन्न गाउँहरु बाढीको उच्च जोखिममा रहेको स्थानीयबासीको भनाइ छ ।

प्रकाशित: २६ वैशाख २०७७ १५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App