समाज

एआइएनद्वारा मेडिकल सामाग्री सहयोग

कठमाडौं अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ ९एआइएन० ले कोरोना ९कोभिड–१९० महामारी नियन्त्रणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एकमुष्ट रुपमा मेडिकल सामग्री हस्तान्तरण गरेको छ।
एआइएनको पहलमा १६ वटा संस्थाले संयुक्त रुपमा खरिद गरेको ती मेडिकल सामग्री झण्डै ४ करोड ५३ लाख नेपाली रुपैयाँ बराबरको रहेको छ।
अघिल्लो महिना एआइएनले आफ्ना सदस्य संस्थालाई कोभिड–१९ को पूर्वतयारी र प्रतिकार्यमा सहयोग प्रदानका लागि संयुक्त खरिद गरी योगदान गर्न आग्रह गरेको थियो। त्यसअनुरुप एक्सन एड, आड्रा नेपाल, केयर नेपाल, फेयरमेड, गुड नेभर्स इन्टरनेशनल नेपाल, आइएनएफ नेपाल, आइपास नेपाल, लुथरन वल्र्ड फेडेरेसन, माउन्टेन चाइल्ड, वन हर्ट हेल्थ, अक्सफाम, प्लान इन्टरनेशनल, प्राक्टिकल एक्सन, युएमएन, वाटर एडसहित गैसस न्याय हेल्थ नेपालले यसका लागि आर्थिक सहयोग प्रदान गरेका हुन्। हस्तान्तरण गरिएको सामग्रीमा पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट ९पीपीइ० सेट, सेफ डेलिभरी किट, इन्फ्रारेड थर्मोमिटर, वाटर एण्ड एयर प्रुफ एप्रोन, सर्जिकल स्टेरिल ग्लोब्स, युटिलिटी ग्लोब्स, केएन९५ मास्क र सर्जिकल मास्क, सर्जिकल गगल्स तथा खासगरी कोरोना भाइरस नियन्त्रणका लागि पहिलो पंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य, स्यानिटाइजर र किटनाशक वस्तु लगायत छन्।
स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको उक्त संयुक्त सहायताका अलावा कोभिड–१९ को पूर्वतयारी र प्रतिकार्यका लागि एआइएनमा आवद्ध १ सय २९ मध्ये ६५ वटा संस्थाले सक्रिय रुपमा काम गरिरहेको जनाएको छ। यी संस्थाहरुले अहिलेसम्म कोभिड–१९ को रोकथाम र प्रतिकार्य तथा जीविकोपार्जन र आर्थिक उत्थानशीलता निर्माणका लागि कम्तिमा २ अर्ब रुपैया सहयोग गरेका छन्।

 

प्रकाशित: २४ वैशाख २०७७ १२:०२ बुधबार

कोरोना_भाइरस कोभिड_१९ आइएनजीओ