समाज

नाजरिन परोपकार सेवाको राहत

खोटाङ, – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित क्रिस्चियन धर्मावलम्बीको नाजरिन परोपकार सेवा नेपाल शाखाले लकडाउन पिडित परिवारलाई राहत बाँडेको छ । नाजरिन परोपकार सेवाले सोमबार बाहुनीडाँडाका ७३ घर परिवारलाई चामल, दाल, नुन, तेल र सावुन बाँडेको हो । 

नाजरिन परोपकार सेवाका मनोजकुमार राई र प्रेमकुमार राईको अगुवाइमा चार जनाभन्दा बढि सदस्य भएका ५३ परिवारलाई प्रतिपरिवार ३० केजी चामल, २ केजी दाल, २ केजी नुन, १ वटा लुगा धुने र १ वटा नुहाउने साबुन प्रदान गरिएको छ । यस्तै, तीन जनाभन्दा कम सदस्य भएका २० परिवारलाई प्रतिपरिवार १५ केजी चामल, १ केजी दाल, १ केजी नुन, १ पोका तेल र १ वटा साबुन प्रदान गरेको छ । 

 

प्रकाशित: २४ वैशाख २०७७ ०४:०८ बुधबार

लकडाउन राहत