समाज

भुल्केमा ‘नेपाली वेलफेयर समाज युके’को राहत

उदयपुर, – कोरोना भाइरस (कोविड–१९) केन्द्र उदयपुरको भुल्केमा बेलायती संस्था‘नेपाली वेलफेयर सोसाइटी युवके’ले राहत वितरण गरेको छ । बेलायतका विभिन्न ठाउँमा बसोबास गर्दै आएका नेपालीको उक्त संस्थाले कोरोना प्रभावित भुल्केका दलित तथा बिपन्नलाई मंगलबार राहत प्याकेज वितरण गरेको हो ।

सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीबाट प्राप्त राहत भुल्केका विभिन्न ३० घरधुरी दलित तथा बिपन्नलाई वितरण गरिएको राहत वितरण सहजकर्ता झनक विश्वकर्माले बताए । त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी तथा नेकपाका यदु ढकाल र कांग्रेसका इश्वरी भट्टराईलगायतले प्रति घरधुरी २५ किलो चामल, ४ किलो दाल, १ लिटर तेल र ४ थान हात धुने तथा लुगा धुने सावुनको राहत प्याकेज वितरण गरे ।

प्रकाशित: २४ वैशाख २०७७ ०४:०५ बुधबार

कोरोना_भाइरस राहत_वितरण