समाज

निको भएका तीनमा पुनः पोजेटिभ

काठमाडौं - काठमाडौं सनसिटीका ५८ वर्षीय पुरुषमा फेरिकोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ११ दिनअघि निको भएर अस्पतालबाट घर फर्केका ती पुरुषमा फलोअपका क्रममा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो । उनको नमुनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । 

त्यसैगरी वीरगन्जबाट निको भएर फर्किएका दुईजनामा पनि फेरि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको पहिलो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र पछिल्लो परीक्षण स्थानीय प्रयोगशालामा भएको थियो । निको भइसकेका तीनजनामा फलोअप परीक्षणका क्रममा पोजेटिभ देखिनु आश्चर्यको विषय भएको प्रवक्ता देवकोटाले बताए ।

‘कि पहिल्यै शरीरमा भाइरस हुन सक्छ या परीक्षणमा त्रुटि, यो अनुसन्धानको विषय बनेको छ,’उनले भने ।

प्रकाशित: २४ वैशाख २०७७ ०२:०३ बुधबार

काेराेना