समाज

आमासँगै जंगली च्याउ खाएकी छोरीकी पनि मृत्यु

अर्घाखाँची- भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा थप एक जनाको ज्यान गएको छ।  आईतवार मृत्यु भएकी रामकला महत्राकी ७ वर्षिय छोरी बिपा महत्राको पनी उपचारको क्रममा गएराती मृत्यु भएको हो।  

जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जना मध्ये ३० वर्षिया रामकला महत्राको गत आईतवार उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मुत्यु भएको थियो भने छोरी बिपा महत्राको भैरहवा मेडिकल कलेजमा गएराती मृत्यु भएको मृतकका मामा हुम बहादुर रायमाझीले बताए।  जंगली च्याउ खाँदा आमाछोरीको दुई दिनको अन्तरमा मृत्यु भएको छ।  

सासु लालसरी महत्रा र देउरानी लक्ष्मी महत्रा बिरामी छन्।  दुवैक जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए।

च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधी खरिद गरी सेवन गरेका थिए।  समस्या झन् बढेपछि मात्र उनीहरु शनिबार अर्घाखाँची अस्पताल आएका थिए।  समस्या जटिल देखिएपछी बुटवल रिफर गरिएकोमा दुई जनाको मृत्यु भएको छ भने दुई जनाको उपचार भईरहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए।  

 

प्रकाशित: २३ वैशाख २०७७ ०७:०७ मंगलबार

च्याउ अर्घाखाँची मृत्यु