समाज

करेन्ट लागेर एक जनाको ज्यान गयो

रसुवा- रसुवामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको नौकुण्ड गाउँपालिका–५, भोर्लेका २६ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन् । आफ्नै घरको चिम फेर्ने क्रममा आइतबार राति साढे ९ बजे करेन्ट लागेर उनी घाइते भएका थिए ।

घाइते भएका तामाङलाई एम्बुलेन्समार्फत नुवाकोटको त्रिशूली अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचारको क्रममा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

प्रकाशित: २२ वैशाख २०७७ ११:१७ सोमबार

करेन्ट ज्यान