समाज

आरडिटी पोजेटिभ देखिएका युवकको पिसिआर रिर्पोट नेगेटिभ

पाँचथर– -यापिड डाईगोनेष्टि टेष्ट (आरडिटी) परीक्षणका क्रममा पोजेटिभ देखिएका एक युवकको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ। आरडिटी पोजेटिभ भएपछि स्वाब संकलन गरेर कोसी अञ्चल अस्पताल विराटनगरमा परीक्षण गर्दा कोरोना नेगेटिभ आएको हो।

आरडिटी पोजेटिभ देखिएपछि जिल्ला र छिमेकी जिल्लामा त्रास फैलिएको थियो। तर पिसिआरमा परीक्षणका क्रममा रिर्पोट नगेटिभ आएको छ। पीक्षणका लागि पठाइएका सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले बताए। 

काठमाण्डौबाट आएका उनलाई याङवरक गाँउपालिकामा पर्ने गणेश चोकमा राखिएको थियो। आरडिटी पोजेटिभ आएपछि उक्त क्वारेन्टाईनमा बस्ने १४ जना र आफन्त गरी १६ जनलाईनै आईसोलेसनमा राखेर पिसिआर परीक्षणका लागि नमुना पठाइएको थियो। 

प्रकाशित: २२ वैशाख २०७७ ०६:३५ सोमबार

आरडिटी पिसिआर काेराेना