समाज

नेपालगन्जमा एकै पटक ९ जनामा देखियो कोरोना

तस्बिर सौजन्य : दुर्गा रोकाय

नेपालगन्ज - नेपालगन्जमा उपमहानगरपालिका क्षेत्रमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यसअघि नेपालगन्जको डिएसपी रोड निवासी ६० बर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो।

अन्य ब्यक्तिलाई पनि संक्रमण फैलाएको आशंकामा उनी बस्दै आएको टोल डिएसपी रोडबाट ७ र महेन्द्र पार्क नजिकबाट ८३ जनाको शनिबार दिनभर स्वाब संकलन गरिएको थियो। त्यसमध्ये ९ जनाको रिपोर्ट पोजिटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। 

‘हिजो दिनभर संकलन गरिएको स्वाब मध्येबाट ९ जनामा कोरोना भाइरस पोजिटिभ देखियो, अझै रिपोर्ट आउन बाँकी छ,’ खड्काले नागरिकसँग टेलिफोनमा भने। ६० बर्षिय पुुरुषबाट नै टोलमा संक्रमण फैलिएको आशंका गरिएको छ। ६० वर्षिय ती संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको आइसोलेसन कक्षमा राखिएको छ। डिएसपी रोड निवासी उनी महेन्द्र पार्क नजिक रहेको एक मदरसामा अध्यापन गर्दै आएका थिए।

नयाँ देखा परेका संक्रमित ब्यक्तिको पहिचान गरेर उनीहरुलाई पनि आइसोलेसनमा लैजाने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ। एकै पटक धेरै ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि नेपालगन्जमा सुरक्षा सर्तकता बढाइएको छ।

 

प्रकाशित: २१ वैशाख २०७७ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App