समाज

लकडाउनमा वनमा काठको चोरी निकासी बढ्यो

लकडाउनको मौका छोपी फडानी गरिएका काठ र पक्राउ परेका मोटरसाइलहरु ।

कपिलवस्तु- कोरोना भाइसरका कारण जारी लकडाउनले वनमा काठको अबैध फडानी बढेको छ । लकडाउनको मौका छोपी अवैध फडानी गर्ने गिरोह रािष्ट्रय वन र साझेदारी वन क्षेत्रमा पसेका छन् । लकडाउन यता वन फडानीका घटना समेत बाहिर आएका छन् । वन तस्कहरु आफना बन्दोबस्तीका समानसहित वनमा पसेका हुन । उनीहरुले हरिया रुख फडानी गरेर त्यही गोलिया बनाई निकासी गनै गरेका छन् ।

लकडाउनमा अवैध फडानी हुन सक्ने भन्दै डिभिजन वन कर्यालयले वन क्षेत्रमा गस्ती गरेको छ । गस्ती टोलीले गस्ती जारी राखे पनि अवैध फडानी भने रोकिएको छैन । डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन सैन्डील्यले लकडानउका बेला वन क्षेत्र गस्ती बढाइएको बताए ।

तर पनि फडानी गनै गिरोह लकडानउको फाईदा उठाउदै वनमा पसेको उनले बताए । तस्कारहरुले हरिया रुख कटानी गरी निकासी गनै गरिएको पाइएको छ । लकडाउनक अवधीमा आधा दर्जन स्थानमा भएका फडानीका घटना बाहिर आएको उनले बताए । तस्करहरुको निकासामा साझेदारी र राष्ट्रिय वन परेका छन् ।

अहिले सबै भन्दा बढी बाणगंगा नगरपालिका– १० पटनामा रहेको मायादेबी साझेदारी वनमा तस्कहरु पसेको स्थाीनीय बताउँछन् । मायादेबी साझेदारी वनमा जिल्ला कै सबै भन्दा बढी वन अतिक्रमण भएको छ । त्यहा करिब १० हजार हेक्टर वन अतिक्रमणको चपेटामा परेकोले पनि तस्कहरुले अहिले यही वनमा आखा गाडेको छन् । गत बैशाख १७ गते मायादेबी साझेदारी वन र्मै सालकोअ हरिया  रुख अबैध फडानी गरी ३ वटा गोलिया बनाई राखेका २०.३७ घन फिट काठ बरामद गरीएका थियो ।

सो कार्यमा प्रयोग भएको लु २८ प ३९४१ नम्बरको मोटरसाइल समेत बरामद गरीएको । घटनामा संलग्न व्यक्ती गस्ती टोली देखेपछि फरार भएका थिए । गत बैशाख १५ गते मायादेबी साझदारी वनमा अबैध निकासी गरीरहेको अवस्थामा एक मोटरसाइकलसहित सालको ८.६१ घ.फिट गोलिया काठ तथा २ जना पक्राउ परेका थिए । लु १८ प २१ ७८ नम्बरको मोटरसाइकल र २ नाबालक पक्राउ परेका थिए ।

गत बैशाख ११ गते बाणगंगा नगरपालिका– १० स्थित मायादेबी साझेदारी वनमा भलेरियादेखि भावपुर जाने बाटोमा पर्ने स्थानमा सालको रुख ढालियो । तस्कारहरुले रुखलाई काटेर ७ वटा गोलीया बनाएका थिए । चोरी निकासी गर्नका लागि लुकाइ छिपाई राखेको अवस्थामा गोलिया थान ७ को ३५.७४ घ.फिट काठ वरामद गरिएको थियो ।

तस्कहरहरु भने फरार भएका थिए । बैशाख ९ गते कृष्णनगर नगरपालिकाको वडा नं. ११ कप्तानगञ्जको सागवनको बगैँचा लुकाईछिपाई राखेको अवस्थामा ५ वटा सिसौका गोलया थान बरामद भएको थियो । सशस्त्र प्रहरीले बरामद गरको सो काठा गौतम बुद्ध साझेदारी वनलाई बुझाएको थियो ।

डिभिजन वन कार्यालय कपिलस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेलले वन क्षेत्रमा बढाइएको निग्रनीले अहिले वन जोगिएको दाबी गरे । ‘लकडानउमा फडानी गर्न खोजिए पनि हामीले वन क्षेत्रमा गरकोृ गस्तीले धेरै हद सम्म फडानी रोकिएका छन्’ उनले भने । यता लकडाउनमा चोरी शिकार समते बढेका छन । वन क्षेत्रमा चारी शिकार गनैक्रममा ६ जना शिकारी तथा चार बन्दुक बरामद भएक डिभिजन वन कार्यालयले जनाएको छ ।

यस्तै यही अवधिमा निलगाईका समते अबैध शिकार मा बृद्धि भएका छन् । लकडाउन अवधीमा ३ वटा निलगाई मृत अवस्थामा फेला परेका छन् ।

 

प्रकाशित: २० वैशाख २०७७ १३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App