समाज

विपन्नलाई राहत बाँड्दै सेतो गुम्बा

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको ड्रुक अमिताभ माउन्टेन ( सेतो गुम्बा ) ले राहत वितरण गरेको छ। नगरपालिकाको वडा नं. ६  मा ३५०  विपन्न नागरिकहरुलाई राहत सामग्री वितरण गरेको हो। ‘लकडाउन’का कारण समस्यामा परेका ज्याला, मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवारलाई राहत दिइएको हो। गुम्बाले वाडा नं ६ का  वडाध्यक्षसंग समन्व्य गरि बिपन्न परिवार पहिचान गरी सबैलाई ३० किलोको एक बोरा चामल, तेल, नुन, दाल, मश्योरा आलु ,गाजर वितरण गर्न थालेको छ ड्रुक अमिताभ माउन्टेन ( सेतो गुम्बा ) अन्तर्गत रहेको संस्था लिव टू लव का नेपाल कोर्डिनेट्रर जिग्मे येशे ल्हमोले बताए।

तस्बिर : केशव थोकर

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App