समाज

स्थानीयको सक्रियतामा क्वारेन्टाइन

जुम्ला - एक साताअघि यहाँको तिला गाउँपालिका ८ जुम्लाकोट गाउँमा सिन्धुपाल्चोक र चितवनबाट ३४ जना भित्रिए। उनीहरुलाइ तत्काल क्वारेन्टाइनमा राख्नु पर्ने भयो।त्यो गाउँमा न क्वारेन्टाइन राखिएको थियो। नत क्वारेन्टाइन राख्नको लागि तयारी नै। तत्काल स्थानीय सरकारले पनि ३४ बेड राख्न सक्ने अवस्था थिएन। त्यो कठिनपुर्ण समयमा स्थानीयले आफ्नै स्रोत साधनको प्रयोेग गरेर क्वारेन्टाइन निर्माण गरे।

नजिकैको देउराली माबिमा ३४ बेडको क्वारेन्टाइन बनाए। गाउँभित्रिएका सबैलाइ क्वारेन्टाइनमा राखे। मालिकादेबी युवाक्लवका अध्यक्ष हंसबहादुर बस्नेत स्थानीयको सक्रियतामा युवाक्लवको सहजीकरणमा विद्यालयमा क्वारेन्टाइन राख्न सफल भएको बताउँछन्। क्वारेन्टाइन राख्न वडा सरकारको पनि भुमिका निकै रचनात्मक रह्यो, उनले भने,‘अहिले गाउँपालिकाले चामल, चामल तेल दिइरहेको छ। न यहाँको लागि बेड आवश्यक प¥यो। नत गाउँपालिकालाइ नै हारगुहार गरियो। स्थानीयले आफै क्वारेन्टाइन बनाइहाले।’

गाउँ भित्रिएकाहरु पनि सहजै रुपमा क्वारेन्टाइनमा बस्न इच्छुक देखिए।  गाउँभित्रिएकाहरुले आफ्नो घरबाट ओढ्ने,ओछ्याउने कपडा ल्याउन लगाए। विद्यालयमा रहेको क्वारेन्टाइनमा बसे। अहिले गाउँले विद्यालयमा प्रवेश गर्दैनन्। क्वारेन्टाइनमा बसेकाले पनि आफ्नो नजिक नआउनको लागि आग्रह गरिरहेका छन्। क्वारेन्टाइनमा बसेका धनबहादुर बुढा भन्छन्,‘ नियमित रुपमा चेकजाँच मात्र भएको छैन्। अरु सबै प्रकारले राम्रो देखिएको छ। ’ हामी आफ्नो परिवार,गाउँ, समाज सुरक्षित बनाउनको क्वारेन्टाइनमा बसेका हौँ, कसैको दबाव र प्रभावमा परेर होइन्, उनले भने,‘ तर नियमित स्वास्थ्यजाँच गर्ने माहोल बनाइदिनु प¥यो। यसैमा हामी सन्तुष्ट हुनेछौँ।’

गाउँपालिका उपाध्यक्ष बिष्णु बुढा क्वारेन्टाइनको अनुगमनमा पुग्दा उनीहरुले स्वास्थ्य जाँच गर्ने बातावरण बनाइदिन आग्रह गरे। उपाध्यक्ष बुढाले भनिन्,‘तत्काल स्वास्थ्यजाँचको लागि पहल गर्छौँ। स्वास्थ्यकर्मी खटाउँछौँ तर क्वारेन्टाइनमा अनिवार्य १४ दिन बसिदिनुहोला। गाउँ घर,परिवार, समाजमा हेलमेल नगरिदिनुहोला। ’ अनुगमनका क्रममा उनले क्वारेन्टाइनको अवस्था, स्थानीयको सक्रियता,युवाक्लवको तदारुकता, वडा सरकारको भुमिका र क्वारेन्टाइनमा बसेकाहरुको सकरात्मक सोच निकै सन्तोषपुर्ण रहेको प्रतिक्रिया दिइन्।

अहिले तिला गाउँपालिकामा ६३ वटा क्वारेन्टाइन बेड छन्। पछिल्लो समयमा धमाधम भित्रिन थालेपछि गाउँले आफैले क्वारेन्टाइन निर्माण गरेर बसाल्न थालेका छन्। वडाध्यक्ष सन्तबीर रावत गाउँलेले क्वारेन्टाइन निर्माणमा देखाएको सक्रियता निकै उदाहरणीय रहेको बताउँछन्। उनले भने,‘ अहिले कोराना भाइरसको संक्रमण फैलन नदिनको लागि लकडाउन छ। गाउँमा नयाँ मान्छे भित्रिन दिने अवस्था छैन्। यो अवस्थामा कामको शिलशिलामा बाहिर जिल्ला गएकाहरु आउँदा स्थानीयले देखाएको सतर्कता प्रसंसनीय नै छ। ’ उनले क्वारेन्टाइनमा बसेकाहरुलाइ कुनै अभाव हुन नदिएको बताए। 

स्वास्थ्यचौकी नजिकै भएकोले समस्या आउने बित्तिकै जानकारी दिन आग्रह गरिएको छ। सबै एउटै जिल्लाबाट संगै आएकोले दुरी कायम गरिएको छैन्। सिन्धुपाल्चोकमा पनि होम क्वारेन्टाइनमा बसेकोले उनीहरु संग जोखिम पनि देखिदैन्। स्थानीयको सक्रियतामा क्वारेन्टाइन निर्माण गरि बाहिरबाट भित्रिएकाहरुको व्यवस्थापन गरिएको जुम्लाको पहिलो उदाहरण हो।

जिल्लाका अधिकांस स्थानमा बाहिरबाट आएकाहरु घर फकिएपनि यहाँ बाहिरबाट आउने जिम्मेवार रुपमा प्रस्तुत भए। स्थानीयले प्रभावकारी व्यवस्थापन गर्न सफल देखिएका हुन।

प्रकाशित: १८ वैशाख २०७७ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App