समाज

ताप्लेजुङका लघुवित्त बित्तीय संस्थाहरुले दिए राहत सामग्री

फुङ्लिङ नगरपालिकालाई जिन्सी राहत सामग्री र त्यसको बिल हस्तान्तरण गर्दै लघुवित्त बित्तीय संस्था समन्वय समितिका पदाधिकारीहरु । तस्बिर :खगेन्द्र/नागरिक

ताप्लेजुङ- लघुवित्त बित्तीय संस्था समन्वय समिति ताप्लेजुङले फुङ्लिङ नगरपालिकाको मातहतमा वितरण हुने गरी जिन्सी सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसबाट प्रभावित परिवारलाई लक्षित गरी ५ क्विन्टल चामल फुङ्लिङ नगरपालिकाका नगरप्रमुख छत्रपति प्याकुरेललाई हस्तान्तरण गरिएको लघुवित्त बित्तीय संस्था समन्वय समिति ताप्लेजुङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

फुङ्लिङ नगरपाकिालको ११ वटै वडाको दोश्रो चरणको तथ्याङ्क संकलन सकिएपछि विभिन्न क्षेत्रबाट प्राप्त भएको राहतलाई वितरण गरिने नगरप्रमुख प्याकुरेलले जानकारी दिएका छन् । ताप्लेजुङमा संचालित ११ वटा लघुवित्त बित्तीय संस्थाहरुमा आवद्ध कर्मचारीहरुमार्फत आर्थिक संकलन गरी सो जिन्सी सामाग्री उपलब्ध गराएको अध्यक्ष घिमिरेले जानकारी दिए । लघुवित्त बित्तीय संस्था समन्वय समितिसँग प्रभावित परिवारको तथ्याङ्क नभएकोले फुङ्लिङ नगरपालिकामार्फत वितरण हुने गरी सो जिन्सी सामाग्री उपलब्ध गराइएको घिमिरेको भनाई रहेको छ ।

 

प्रकाशित: १८ वैशाख २०७७ ०५:०४ बिहीबार

बित्तीय_संस्था राहत काेराेना_भाइरस