समाज

काम छाडेर भागेका व्यक्ति ११ दिनपछि भेटिए

रसुवा- विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस  (कोभिड–१९) का कारण देश लकडाउन भएपछि काम छाडेर भागेका एक व्यक्ति ११ दिन पछि भेटिएका छन्। बैशाख ६ गतेदेखि हराएका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का ३५ वर्षीय सुरज लामा नुवाकोटको फेदी भन्ने स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। 

ओडारमा बसिरहेको र बोल्न नसक्ने अवस्थामा भेटिएको हो। रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन ९सिडब्लुइ० मा कार्यरत लामा यही बैशाख ६ गतेदेखि सम्पर्कबिहिन भएका थिए। कम्पनीलाई जानकारी नदिई उनी घर हिँडेका थिए। 

उनी त्यहाँ केही महिनाअघि स्थापना भएको कम्पनीको मेसमा कुकको रूपमा कार्यरत थिए। कम्पनीका अनुसार उनी गोसाइँकुण्डको बाटो हुँदै घर गएका थिए।  

प्रकाशित: १७ वैशाख २०७७ १२:५१ बुधबार

कोरोना_भाइरस बेपत्ता