समाज

कपिलवस्तुमा पाँच क्विन्टल बढी गाँजा नष्ट

कपिलवस्तु- कोरोना भाइरसका कारण जारी लकडाउनका बेला कपिलवस्तुको मायादेबी गाउँपालिका– ७ स्थित दुई गाउँमा रहेको ५ क्विन्टल बढी हरियो गाँजा प्रहरीले नष्ट गरेको छ । मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालयबाट गएको टोलीले अठकोनिया र लालपुरको खेतमा लगाइएको गाँजा फाडेर नष्ट गरेको हो ।

अठकोनियाका साधु राधेश्याम तिवारी र ललापुरका रामअचल यादवको खेतमा रहेको हरियो गाँजा नष्ट गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश सुबेदीले बताए । ‘लकडाउनकाक्रमा गस्ती गर्दा खेतमा गाँजाको बोटा देखियो, त्यसपछि नष्ट गरेयौ’ उनले भने । खेतमा रहेको गाँजाको खेती नभई आफै उम्रेको उनले बताए । लागु पदार्थको सुचीमा रहेको गाँजाको उत्पादन, सेवन, बिक्री वितरणमा प्रतिबन्ध छ ।

प्रकाशित: १६ वैशाख २०७७ १३:४७ मंगलबार

गाँजा नष्ट