समाज

विवाहको खर्च बाफतको रकम कोरोना कोषमा

काठमाडौं - नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च वाफतको रकम कोभिड—१९, प्रधानमन्त्री राहत कोष’ मा जम्मा गरेका छन्। सोमबार स्वास्थ्य मन्त्रालय पुगेर पूर्वमहामन्त्री काफ्लेले आफ्नो विवाह खर्च कटाएर कोभिड—१९, प्रधानमन्त्री राहत कोष’ मा रकम जम्मा गरेका  हुन्।

पूर्व महामन्त्री काफ्लेले कोषमा २ लाख रुपैयाँ जम्मा गरेका हुन्। विवाह बन्धनमा बाँधिएपछि विवाह खर्चबाट केही रकम राहत कोषमा जम्मा गरिएको उनले बताए। सोमबार स्वास्थ्यमन्त्रालय पुगेर रकम स्वासथ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको उनले जानकारी दिए। 

विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को प्रभाव नेपालमा पनि छ। प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न दलका सांसदहरुले राहत कोषमा रकम जम्मा गरेका छन्। नीजी क्षेत्रका व्यवसायी र अन्य नागरिकहरुले पनि व्यक्तिगत रुपमा कोषमा सहयोग रकम जम्मा गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म ५२ जनामा संक्रमण देखिएको छ। १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। १ सय १० जना आइसोलेसनमा रहेका छन्।

प्रकाशित: १५ वैशाख २०७७ ०६:३७ सोमबार

राहत_कोष कुन्दनराज_काफ्ले