समाज

राहतका लागि विद्यालयद्वारा ९२ बोरा चामल उपलब्ध

विराटनगर - विराटनगर महानगरपालिकाअन्तर्गत रहेका आदर्श माध्यमिक विद्यालयले दुई लाख १५ हजार रुपैयाँ बराबरको राहत सामग्री विराटनगर महानगरपालिकालाई उपलब्ध गराएको छ। विराटनगर महानगरपालिकामार्फत वितरण गर्ने गरी प्रमुख भीम पराजुलीलाई विद्यालयका प्राधानाध्यापक तुलसी दुलालले ९२ बोरा चामल उपलब्ध गराएको प्रमुख पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिए।

विद्यालयका शिक्षक, तहगत रुपमा रहेका कर्मचारी तथा विद्यालय कोषबाट समेत रकम सङ्कलन गरी राहत जुटाएको प्रधानाध्यापक दुलालले जानकारी दिए। गरिब, विपन्न र रोजगार गुमाएका परिवारलाई जीविकोपार्जन गर्न राहत जुटाएको बताएको छ। पहिलो चरणमा विराटनगर महानगरपालिकाले नगर क्षेत्रका ३० हजार परिवारमा राहत वितरण गरिसकेको छ भने दोस्रो चरणको राहत वितरणमा प्रदेश सरकार र सङ्घीय सरकारले राहत प्याकेज उपलब्ध गराउनु पर्ने विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले जानकारी दिए। रासस

प्रकाशित: १४ वैशाख २०७७ ११:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App