समाज

पश्चिमी र स्थानीय वायु सक्रिय, मौसम पूर्ण सुधार हुन अझै तीन/चार दिन लाग्ने

काठमाडौं  – मौसमविद्ले मौसम पूर्ण रूपमा सफा हुन अझै तीन÷चार दिन लाग्ने अनुमान गरेका छन्।   मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ।

साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको छ। ‘जसबाट मौसम पूर्ण सफा हुन अझै तीन÷चार दिन लाग्न सक्छ’, मौसमविद् राजु प्रधानांगले भने। उनका अनुसार अझै तीन÷चार दिन बदली हुने, वर्षा हुने, हावाहुरी तथा चट्याङ पर्ने सम्भावना छ। यो स्थिति देभभर रहने पनि उनले बताए।


महाशाखाका अनुसार आइतबार दिउँसो पश्चिमी, मध्य र पूर्वी पहाडी भूभागमा सामान्य तथा बाँकी भूभागमा आंशिक बदली हुनेछ। यसैगरी आइतबार देशका केही स्थानमा मेघ गर्जन, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना छ।

आइतबार राति देशभर सामान्य बदली हुनेछ। महाशाखाका अनुसार सोमबार देशभर सामान्य बदली हुनेछ। मंगलबार पनि वर्षाको सम्भावना छ।

प्रकाशित: १४ वैशाख २०७७ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App