समाज

स्थानीय तहद्वारा राहतको विवरण सार्वजनिक

रौतहट- रौतहटको परोहा नगरपालिकाले पहिलो चरणको राहत वितरण सम्पन्न गरी सम्पूर्ण विवरण सार्वजनिक गरेको छ। परोहा नगरपालिकाको वडा नम्बर १ मा २२५, वडा नम्बर २ मा २५१, वडा नम्बर ३ मा ३४७, वडा नम्बर ४ मा २९१, वडा नम्बर ५ मा २१९, वडा नम्बर ६ मा २५२, वडा नम्बर ७ मा ३३०, वडा नम्बर ८ मा ३१३ र वडा नम्बर ९ मा ३८० घरधुरीका साथै नगरपालिकाको क्वारेन्टाइनमा बसेका २६ र विभिन्न मठ मन्दिर आदि गरी १६ गरी जम्मा २७५० घरधुरीलाई राहत वितरण गरिएको हो।

प्रति परिवार चामल १५ किलो, दाल २ किलो, खानेतेल १ लिटर, नून १ किलो र सोयाबिन मस्यौरा ५०० ग्रामको कम्बो प्याक बनाई वितरण गरिएको हो। 

एक घरधुरीलाई वितरण गरेको राहतको मूल्य ११८५ रुपैया भएको र जम्मा २७८५ घरधुरीलाई राहत वितरण गर्दा कूल ३२ लाख ५८ हजार ७५० रुपैया खर्च भएकोमा १५ लाख रुपैया प्रदेश सरकारबाट उपलब्ध भएको तथा बाँकी १७ लाख ५८ हजार ७५० पालिका स्रोतबाट बेहोरिएको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले जानकारी गराएका छन्।

प्रकाशित: १३ वैशाख २०७७ १३:४२ शनिबार

स्थानीय_तह राहत