समाज

क्वारेन्टाइन सुरक्षार्थ खटिएका सशस्त्रका असई भेरीमा बेपत्ता

सुर्खेत- गुर्भाकोट नगरपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टाइन सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक भुपाल कार्की भेरी नदीमा बेपत्ता भएका छन् । शुक्रबार बेलुका साढे चार बजेतिर क्वारेन्टाइन नजिकै भेरीमा नुहाउन गएका कार्की डुबेर बेपत्ता भएका हुन् ।

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बेपत्ता सशस्त्र प्रहरी सहायक निरीक्षक कार्कीको खोजी भइरहेको बताए । ‘तीन जना जवानसँगै भेरीमा नुहाउन जानु भएको रहेछ,’ मेयर पुनले भने, ‘पौडी खेल्नेक्रममा उहाँ डुबेर बेपत्ता हुनुभयो ।’

गुर्भाकोट नगरपालिका–६ निमारे निवासी कार्की गुमी सशस्त्र बेस क्याम्पमा कार्यरत थिए । उनको नेतृत्वमा छ जनाको टोली क्वारेन्टाइनको सुरक्षार्थ खटिएको थियो । इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक माधवप्रसाद चौधरीले बेपत्ता सशस्त्र प्रहरी सहायक निरीक्षकको खोजी कार्य जारी रहेपनि फेला नपरेको बताए ।

प्रकाशित: १२ वैशाख २०७७ १५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App