समाज

लागुऔषधसहित एक जना पक्राउ

लहान- लकडाउनको मौंका छोपी लागुऔषध ओसारपसारमा संलग्न एक जनालाई सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले लहान नगरपालिका–२० का २२ वर्षीय मोहम्मद मोहदिम मियालाई नवराजपुर गाउँपालिका–५ बाट लागुऔषध ४७ एम्पुल सुईसहित पक्राउ गरेको हो ।

लकडाउनको समयमा सवारीसाधन बन्द रहेको मौका छोपी पारीबाट पैदलै लागुऔषधसहित प्रवेश गर्ने क्रममा सशस्त्र प्रहरी गस्ती टोलीले बिहीबार मियाँलाई पक्राउ गरेको हो । डाइजाल्याब १८ पिस, प्रोमाइजिन र लेबेल नभएको लागुऔषध सुई १५ बरामद गरेको छ ।

 

 

प्रकाशित: ११ वैशाख २०७७ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App