समाज

लकडाउनको २७ औं दिनः अत्यावश्यक काम बाहेक सबै ठप्प

काठमाडाैं - आज नेपाल लकडाउनको २७ औं दिन। कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले चैत्र ११ गते लकडाउन घोसणा गरे यता दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प छ। यो बन्दाबन्दिको अवस्थामा भने अत्यावश्यक काम र सेवा भने रोकिएको छैन। 

आज (आइतबार) बिहान  काठमाडौँका केहि क्षेत्रमा नागरिकहरुले बन्दाबन्दिको पालना गरेको पाइएको छ। केहि स्थानहरुमा सर्वसाधारण अत्यावश्यक सामग्री खरिद गर्न घर नजिकको पसलमा पुगेको देखिन्थ्यो

यस्तै काठमाडौँ महानगरपालिकाले नगर सफाइको कामलाई निरन्तरता दिइरहेको थियो। सुरक्षा निकायका अधिकारीहरु सुरक्षा चेकजाँच गर्न लकडाउन  पालना गराउन सडकका चोकहरुमा खटिएका थिए। 

यस्तै अत्यावश्यक सेवाका सवारी साधन भने सहजै गुडिरहेका थिए। यस्तै विभिन्न चोकहरुमा घुम्दै नेपाल प्रहरिको मोबाइल भ्यानले सर्वसाधारणलाई माइकिङ्ग गरेर घरमा बसेर सावधानी अपनाउन आग्रह गरिरहेको थियो।

 

नेपाल सरकारले बैशाख ३ गते सम्मको लकडाउन बन्दाबन्दिको समय बढाएर १५ गते सम्म पु-याएको छ। नेपालमा अहिले संक्रमित हुनेको संख्या ३१ जना पुगेको छ। 

साथै स्वास्थ्य मन्त्रालयले शनिवार अपरान्ह पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार अहिलेसम्म पिसिआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरेको बताएकोछ। साथै नेपालका ७७ वटा जिल्लामा ¥यापिड डाइग्नोष्टिक विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ। 

देशभरी ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा ५ र बाहिर १ सय १२ गरी १ सय १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०७७ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App