समाज

उदयपुरमा थप ६ जना भारतीय नागरिक

उदयपुर- सदरमुकाम नजिकै भुल्के मस्जिदमा ११ भारतीय नागरिकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको उदयपुरमा थप ६ जना भारतीय नागरिक रहेको खुलेको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर शिवाईस्थित मुस्लिम बस्तीमा ६ जना भारतीय नागरिक पाहुना लागेर बस्दै आएको खुलेको हो।

नगरप्रमुख खगेन्द्र राईले शिवाईस्थित आफन्तको विहेमा आएकाहरु भारतीय नागरिक भएको पुष्टि गरे। चैत ८ गते बिहेमा आएका उनीहरु लकडाउन सुरु भएपछि आफन्तको मै बस्दै आएको उनले बताए। भुल्के मस्जिदमा भेटिएका संक्रमितहरुसँग भने उनीहरुको भेटघाट नै नभएको मेयर राईले बताए। उनले संक्रमितहरुसँग गाउँलेहरुले पनि भेट नगरेको पाइएका छन्।

संक्रमितहरु शिवाईमा चैत २७ गते आएको र २९ गतेसम्म ३ दिन बसेर भुल्के गएको मेयर राईको भनाई छ। ‘उनीहरु आएका हुन् तर, बसुन्जेल कसैसँग सम्पर्क नगरेको स्थानीयले बताएका छन्’ मेयर राईले भने ‘२७ गते आएका उनीहरु २९ गतेसम्म बस्दा आप्mनो छुट्टै भातभान्सा गरेको र कसैसँग भेटघाटसमेत नगरेको बुझिएको छ।’

प्रकाशित: ६ वैशाख २०७७ ०८:४२ शनिबार

भारतीय नागरिक