समाज

ताप्लेजुङका स्थानीय तहमा बनेका राहत कोषमा सहयोग जुट्ने क्रम सुरु

ताप्लेजुङ- सरकारले स्थानीय तहमार्फत राहत वितरण हुने गरी एकद्वार प्रणाली कायम गरेपछि ताप्लेजुङका स्थानीय तहमा बनेका कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण, सहयोग तथा उपचार कोषमा रकम जम्मा हुने क्रम बढेको छ।

ताप्लेजुङमा निर्माणाधिन ७३ मेघावाट क्षमताको सानिमा मध्यतमोर जलविद्युत परियोजनाले प्रभावित क्षेत्रका जनतालाई राहात पुग्नेगरी ३ स्थानीय तहमा बनेका कोषमा साढे ३ लाख रुपैयाँ दिएको छ। सानिमा मध्यतमोर जलविद्युत परियोजनाका जनसम्पर्क अधिकृत करण गौतमका अनुसार फुङ्लिङ नगरपालिकाको कोषमा डेढ लाख र फक्ताङ्लुङ तथा मिक्वाखोला गाउँपालिकाका बनेका कोषमा जनही १–१ लाख रुपैयाँ जम्मा गरिएको हो।

सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालिले फुङ्लिङ नगरपालिका, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाको सिमाना भई बग्ने तमोर नदीबाट विद्युत निकाल्न गरी काम गरिरहेको छ। यसैबीच फुङ्लिङ नगरपालिकामा बनेको स्थानीय तथा आकस्मिक राहत कोषमा निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था प्याब्सनले ५० हजार रुपैयाँ जम्मा गरेको छ।

प्याब्सनका जिल्ला अध्यक्ष दिनेश भट्टराईले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण, सहयोग तथा उपचारका लागि सहयोग पुगोस् भनेर यो रकम जम्मा गरिदिएको जानकारी दिए।

   

प्रकाशित: ६ वैशाख २०७७ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App