समाज

गोरु काटेको अभियोगमा आठ जना पक्राउ

खोटाङ– खोटाङमा तीन दिनको अवधिमा गोरु काटेको अभियोगमा आठ पक्राउ परेका छन् । गोरु काटेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयांखुबाट देशबहादुर सार्की, हिरा सार्की, सुभाष कार्की, रबिन सार्की, अमृत सार्की, सिता कार्की र लिलाबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार साँझ गोरुको मासु भाग लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए । ‘गोरु काट्दै गरेको जानकारीका आधारमा उनीहरुलाई मासु भाग लगाइरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको हो,’ डिएसपी गौतमले भने, ‘गौर मरेको हो वा मारिएको भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।’ बैसाख २ गते गोरु काटिरहेको अवस्थामा साकेला गाउँपालिका–३ खिखिमा सौरेका ५५ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित: ५ वैशाख २०७७ ०९:३९ शुक्रबार

अभियोग पक्राउ