समाज

रेबिजबाट मृत्युपछि  ६० लाई भ्याक्सिन

गोरखा  - गोरखाको शहिद लखन गाउँपालिका–६ रानागाउँका ६० जना स्थानीयवासीलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको छ। स्थानीयवासी खिलबहादुर थापाको कुकुरको टोकाईपछि रेबिज लागेर मृत्यु भएसँगै मृतकका परिवारसहित गाउँका अन्यलाई भ्याक्सिन लगाउन शुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए।

गत पुसमा कुकुरले टोकेको तर उपचारमा हेलचक्राई गरेका थापामा एक्कासी ज्वरो आउने र काम्ने समस्या देखिएपछि उपचारका लागि चैत २७ गते गोरखा अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचार हुन नसकेपछि  काठमाडौँको टेकु अस्पताल पठाइएको थियो। अस्पतालमा उपचारका क्रममा थापाको चैत २९ गते मृत्यु भएको थियो। अस्पतालले थापाको मृत्यु रेबिजका कारण भएको पुष्टी गरेपछि मृतकका घरपरिवार र उनको सम्पर्कमा रहेका सबैको पहिचान गरी रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको हो, शाखा प्रमुख श्रेष्ठले भने, पहिलो चरणमा चैत ३० गते ५२ जना र हिजो ८ जनालाई पहिलो चरणको भ्याक्सिन लगाइएको छ।

प्रमुख श्रेष्ठले टोलमा रेबिज रोग फैलन सक्ने जोखिमलाई ख्याल गरी थापाको परिवार, छरछिमेकी र मृत्यु संस्कारमा सहभागी सबैलाई भ्याक्सिन लगाउन शुरु गरिएको बताए। उनीहरु सबैलाई ३ चरणसम्म रेबिज बिरुद्धको भ्याक्सिन लगाउनुपर्छ, उनले भने, सबैलाई गाउँपालिकाको समन्वयमा निःशुल्करुपमा घरमै पुगेर भ्याक्सिन लगाउन शुरु  गरिएको छ। गोरखाको सिरानचोक गाउँपालिकामा पनि एकसाता अघि रेबिज लागेर एक पुरुषको मृत्यु भएपछि गाउँका ४० जनालाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको थियो। रासस

प्रकाशित: ४ वैशाख २०७७ १०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App