समाज

ओखलढुङ्गामै र्‍यापिड परीक्षण गर्ने तयारी

ओखलढुङ्गा - ओखलढुङ्गामै कोरोनाको र्‍यापिड परीक्षण हुने भएको छ। प्रदेश नं १ सरकारले कोरोना परीक्षणका लागि आवश्यक स्वाथ्य सामग्री उपलब्ध गराएपछि जिल्लामै कोरोनाको र्‍यापिड परीक्षण गर्ने तयारी थालिएको हो।

प्रदेश सरबारबाट र्‍यापिड डाइग्नोस्टिक टेस्ट अर्थात आरडिटी किट प्राप्त भएसँगै जिल्लामै सहजरूपमा कोरोना जाँच गरिने जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए। उनका अनुसार आरडिटी किटले शरीरमा भाइरसको सङ्क्रमण भएपछि उत्पादन हुने एन्टिबडी भए र नभएको मात्रै निक्र्योल गर्छ। आरडिटीमा कोरोना पोजेटिभ भए कोरोनाको सङ्क्रमणको अनुमान लगाउन सकिन्छ।

प्रदेश सरकारले जिल्लाका लागि १५० वटा आरडीटी किट उपलब्ध गराएको छ। जिल्लामा हालसम्म छ जनाको पीसिआर टेस्ट गराइसकिएको छ। कोरोना सङ्क्रमणको अनुमान गरिएका विदेशबाट आएका छ जनाको स्वाब धरान पठाएर पीसिआर टेस्ट गराइएको थियो। रासस

प्रकाशित: ४ वैशाख २०७७ ०३:५७ बिहीबार

कोरोना परीक्षण