समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डोटी - डोटीको दिपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार दुर्घटनामा आफ्नै ट्याक्टर पल्टिँदा सोही वडाका कैलाश बोगटीको मृत्यु भएको हो।

खुल्लेकबाट खाद्य सामग्री पु-याएर दिपायल आउँदै गरेको से२त ३५४३ नंको उक्त ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा परी मृत्यु भएका चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए।रासस

प्रकाशित: ४ वैशाख २०७७ ०३:१४ बिहीबार

दुर्घटना मृत्यु