समाज

थप ५० जनाको कोरोना रिर्पोट नेगेटिभ

जुम्ला - विदेशबाट भित्रिएकाहरुको -यापिट टेस्ट गर्न स्वास्थ्यकर्मीको टोली गाउँमा खटिएको छ। यसअघि स्वाब लिन नसकेका र क्वारेन्टाइनमा नबसेका तथा विदेशबाट भित्रिएका सबैको -यापिड टेस्न गर्न थालिएको हो। जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा नेतृत्वको टोली हरेक स्थानीय तहको पायक पर्ने स्थानमा पुगेर -यापिड टेस्ट गर्न थालिएको ल्याव टेक्नेसिएन मौसम गिरीले जानकारी दिए। 

उनका अनुसार विदेशबाट भित्रिएकाहरुका कारण गाउँमा त्रास सिर्जना भइरहेकोछ। अहिले उनीहरुको स्वाब परिक्षण गर्ने कार्य चलिरहेको छ। पहिलो दिन तातोपानी र तिला गाउँपालिकाका गरेर ५० जनाको ¥यापिड टेस्ट गरिएको थियो। सबै जनाको रिर्पोट नेगेटिभ देखिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ। 

गाउँमा आएर स्वास्थ्यकर्मीको टोलीले -यापिड टेस्ट गर्न थालेपछि स्थानीय खुसी छन्। तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने एक महिना अघि सम्म विदेशबाट आएकाहरुको -यापिड टेस्ट गरिएको थियो। एक जना मलेसिया र ३६ जना भारतबाट आएकाको -यापिड टेस्ट गरिएको अध्यक्ष न्यौपाने बताउँछन्। 

मंङ्गलबार -यापिड टेस्ट गरेका सबै क्वारेन्टाइनमा बसेका होइनन्। तर विदेशबाट आएका हुन्। सबैको -यापिड टेस्ट गरेर मनभित्रको खुलदुली मेटाइदिएको गाउँपालिकाले जनाएको छ।  यसअघि तातोपानीका ३५ जनाको स्वाब परिक्षण गरेर रिर्पोट नेगेटिभ आइसकेको थियो। 

तातोपानीका ६ वटा स्वास्थ्य संस्थामा ६/६ का दरले २४ वटा पिपिई सेट उपलब्ध गराइएको छ। यसैबीच जिल्लाको तिला गाउँपालिकामा पनि विदेशबाट आएकाहरुको -यापिड टेस्ट गरिएको छ। यहाँका १३ जनाको ¥यापिड टेस्ट गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य संयोजक गणेशबहादुर शाहीले जानकारी दिए। उनका अनुसार ३ जनाको सिता माबि रारालिही र १० जनाको भैरव आधारभुत विद्यालय जोगिवाडामा -यापिट टेस्ट गरिएको थियो। सो अवसरमा यहाँका पाँच वटा स्वास्थ्य संस्थामा १५ वटा पिपिइ सेट वितरण गरिएको हो। चारवटा स्वास्थ्य संस्थामा १० वटा पिपिइ सेट उपलब्ध गराइएको स्वास्थ्य संयोजक शाही बताउँछन्। 

जनस्वास्थ्य कार्यालय जुम्लाका ल्याव प्राविधिक मौसम गिरीले जिल्ला भर विदेशबाट आएकाहरुको -यापिड टेस्ट हुने बताए। उनका अनुुसार दोस्रो चरणका जिल्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा -यापिड टेस्ट हुने भएकोले स्वास्थ्यकर्मीको टोली बुधवार नै त्यस तर्फ प्रस्थान गर्नेछ। तेस्रो चरणमा जिल्लाको पातारासी र गुठिचौर गाउँपालिकामा विदेशबाट आएकाहरुको -यापिड टेस्ट हुनेछ। एक साता भित्रमा यहाँका सबै स्थानीय तहमा -यापिड टेस्ट गरेर सकिने जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित: २ वैशाख २०७७ १५:३१ मंगलबार

स्वास्थ्यकर्मी काेराेना रिर्पोट_नेगेटिभ