समाज

कोरोनाले थलिँदै विश्व समुदाय

काठमाडौं - गत डिसेम्बर अन्तिम साता चीनको वुहान सहरबाट सुरु भएको कोभिड–१९ (कोरोना  भाइरस संक्रमण) महामारीले अप्रिल १२ सम्म आइपुग्दा विश्वका दुई सय १३ मुलुकलाई चपेटामा पारेको छ। 

कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या अप्रिल १२ सम्म एक लाख १० हजार २६  पुगेको छ। नेपालसहित दुई सय १३ मुलुकका झन्डै १८ लाख मानिस यसबाट संक्रमित छन्। नेपालमा पनि तीन भारतीयसहित १२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये एक नेपाली निको भएर घर फर्किसकेका छन् भने अन्य उपचारका क्रममा छन्। वीरगन्जमा रहेका तीन भारतीयमा यो संक्रमण भएको आइतबार अर्थात् १२ अप्रिलमा पुष्टि भएको हो।

विभिन्न मुलुकमा संक्रमितमध्ये चार लाखभन्दा भन्दा बढी निको भएका छन्। दक्षिण कोरियामा भने निको भएकामा पनि पुनः संक्रमण देखिएको छ। विभिन्न स्रोतबाट प्राप्त तथ्यांक अनुसार संक्रमितमध्ये १२ लाख २३ हजारभन्दा बढी अर्थात् ९६ प्रतिशत सामान्य अवस्थामा छन्। संक्रमितको चार प्रतिशत अर्थात् ५० हजार पाँच सयभन्दा बढीको अवस्था गम्भीर छ। 

कोरोना संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या अप्रिल १२ सम्म एक लाख १० हजार २६  पुगेको छ। नेपालसहित दुई सय १३ मुलुकका झन्डै १८ लाख मानिस संक्रमित भएका छन्।

अप्रिल १२ सम्म अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। संक्रमित पनि अमेरिकी नै धेरै छन्। अमेरिकामा पाँच लाख ३३ हजार ३६१ जना संक्रमित छन् भने २० हजार ५९३ जनाको मृत्यु भएको छ। अमेरिकामा सक्रमतिमध्ये ३० हजार ५२३ जना निको भएका छन्। संक्रमितमध्ये ११ हजार ४७१ जनाको अवस्था गम्भीर छ। 

स्पेनमा कोरोना संक्रमणबाट १७ हजारजनाको मृत्यु भएको छ भने एक लाख ६६ हजार १९ जना संक्रमित छन्। स्पेनमा संक्रमितमध्ये ६२ हजार ३ सय ९१ जना निको भएका छन् भने सात हजार ३७१ जनाको अवस्था गम्भीर छ। इटालीमा एक लाख ५२ हजार २७१ जना संक्रमित भएकोमा १९ हजार ४६८ को मृत्यु भएको छ। त्यहाँ ३२ हजार ५३४ जना निको भएका छन् भने तीन हजार ३८१ को अवस्था गम्भीर छ। 

अर्को युरोपेली मुलुक फ्रान्समा एक लाख २९ हजार ६५४ जना संक्रमित भएकोमा १३ हजार ८३२ मृत्युको मुखमा पुगेका छन्। त्यहाँ २६ हजार ३९१ जना निको भएका  छन् भने ६ हजार ८८३ जना गम्भीर अवस्थामा छन्। 

जर्मनीमा एक लाख २५ हजार ४५२ जनामा कोरोना भाइरस संक्रमण भएको छ। जसमध्ये दुई हजार ८७१ जनाको मृत्यु भएको छ। जर्मनीमा स्रक्रमितमध्ये ५७ हजार चार सयजना निको भएका छन् भने ६ हजार ८९५ जनाको अवस्था गम्भीर छ। 

कोरोना भाइरस उदगममुलुक चीनमा ८२ हजार ५२ जना संक्रमित भएकोमा तीन हजार ३३९ जनाको मृत्यु भएको छ भने १३९ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। त्यहाँ संक्रमितमध्ये ७७ हजार पाँच सय ७५ जना निको भएको समाचार एजेन्सीले जनाएका छन्। 

बेलायतमा ७८ हजार नौ सय ९१ जनामा कोरोना संक्रमण भएको छ। संक्रमितमध्ये नौ हजार ८७५ जनाको मृत्यु भएको छ भने एक हजार ५५९ जनाको अवस्था गम्भीर छ। त्यहाँका तीन सय ४४ जनालाई निको भएको छ। 

त्यस्तै इरानमा ७० हजार २९ जना संक्रमित भएकोमा चार हजार ३५७ जनाको मृत्यु भएको छ भने तीन हजार नौ सय ८७ जनाको अवस्था गम्भीर छ। इरानमा संक्रमितमध्ये ४१ हजार नौ सय ४७ जनालाई सञ्चो भएको छ।  

टर्की, बेल्जियम, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, क्यानडा, ब्राजिल पोर्चुगल, रुस, अष्ट्रिया, इजरायल, दक्षिण कोरिया स्विडेन, आयरल्यान्ड, भारत, इक्वेडर, चिली, पेरु, जापान, नर्वे, पोल्यान्ड, अष्टे«लिया, रोमानिया, डेनमार्कलगायत मुलुकमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ। भारतमा आठ हजार ५०४ जना संक्रमित भएका छन्। जसमध्ये २८९ जनाको मत्यु भएको छ।

प्रकाशित: १ वैशाख २०७७ ०२:३४ सोमबार

विश्व_समुदाय कोरोना_संक्रमण