समाज

बाजुरामा बाघको आक्रमणबाट २८ भेडा मरे

बाजुरा- गौमुल गाउँपालिकामा बाघको आक्रमणबाट दुई दिनमा २८ वटा भेडा मरेका छन्। गाउँपालिकाको–१ नम्बर वडा अन्द्राडीमा १९ भेडा मारेको पछिल्लो दिन फेरि वडा नम्बर २ को पौदालीमा ९ भेडा मरेका छन्।

राति १२ बजेको समयमा गाउँ नजिकैको गोठ छानामा रहेको स्थानीयका भेडालाई बाघले आक्रमण गरी मारेको अवस्थामा फेला परेका हुन्। बाघको आक्रमणबाट स्थानीय हिमाल रोकायाका ७ वटा, काँशी बोहराका ८ वटा, शिव रोकायाका २ वटा र माता रोकायाका २ वटा गरी १९ भेडा बाघले मारेको स्थानीय देबबहादुर रोकायाले जानकारी दिएका छन्।

गोठको छानामा बाधेर राखेको भेडाहरुलाई गएराति बाघले आक्रमण गर्दा करिव २ लाख बढीको नोक्सान भएको छ। स्थानीयको आयस्रोतको रुपमा रहेको भेडा व्यवसाय पछिल्लो समय संकटमा परेका छ। यता गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिकाबाट आवश्यक राहतको व्यवस्था गर्ने बताएका छन्।

बाघको आतंकबाट स्थानीयका भेडाहरु मारेर धेरै क्षति भएको बताउँदै अध्यक्ष रोकायाले बाघ नियन्त्रणका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने बताएका छन्। स्थानीयले लाखौंको क्षति बेहोर्नु परेको बताउँदै तत्काल क्षति अनुसार स्थानीयलाई राहत दिने वचन दिएका छन्।

प्रकाशित: ३० चैत्र २०७६ ११:०१ आइतबार

बाघ आक्रमण भेडा