समाज

यातायात मजदुरहरुले राहत नपाएपछि मन्त्री नेम्वाङको ध्यानाकर्षण

काठमाण्डौ– लकडाउनको बेला मजदुरहरुलाई राहत दिने सरकारले निर्णय गरेपनि यातायात मजदुरहरुले राहत नपाएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार ध्यानाकर्षण गराएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ र संगठनका अध्यक्ष भीमज्वाला राईले मन्त्री नेम्वाङलाई भेटी मजदुरहरुले राहत नपाएको विषयमा ध्यानाकर्षण गराउदै पाँच बुंदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

लकडाउनका समय सरकारले दैनिक ज्यालादारी मजदुर, विपन्न र गरिवका लागि राहत वितरण गर्ने निर्णय गरेको भएपनि राहतका लागि तयार गरिएका अव्यवहारिक मापदण्ड र कतिपय स्थानीय जनप्रतिनिधिहरुको असहयोगका कारण अधिकांश यातायात श्रमिकले सरकारको सहयोग प्राप्त गर्न नसकेको उल्लेख छ।

चैत ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) अझै लामो समय हुनसक्ने भएकाले दैनिक ज्याला(भत्ता) लिएर काम गर्ने देशका करिव साढे दश लाख यातायात मजदुरहरु (चालक, सहचालक, परिचालक, बुकिङ, लोडअनलोडर, कर्मचारी) ठूलो मारमा परेको र श्रमिकका परिवार विचल्ली परेको अध्यक्ष राईद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री नेम्वाङले आफूले प्रस्तुत विषयहरु सरकारको उच्च स्तरिय समितिमा छलफल गरेर निष्कर्षमा पुग्ने बताउदै संगठनले तत्कालका लागि स्थानिय तहहरुसंग छलफल गरेर समस्याको समाधानका लागि पहल गर्न सुझाए।

प्रकाशित: ३० चैत्र २०७६ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App