समाज

इनरुवा अस्पतालका स्वास्थ्यकर्मीलाई पिपिइ

इनरुवा - एक सामाजिक संस्थाले जिल्ला अस्पताल इनरुवा सुनसरीमा कार्यरत स्वास्थ्यकर्मीलाई पिपिइ हस्तान्तरण गरेको छ। स्वास्थ्यकर्मीलाई कोरोना सक्रमणको जोखिमबाट सुरक्षित हुँदै सेवा प्रवाह गर्नका लागि पिपिइलगायत सामग्री प्रदान गरिएको  हो। 

काठमाडौँमा मुख्य कार्यालय रहेको भृकुटीदेवी ट्रष्टले शनिबार ५० थान पिपिई तथा १०–१० थान चश्मा पञ्जा, बुट कभर र एन ९५ मास्क जिल्ला समन्वय समिति सुनसरीका सभापति तथा अस्पताल विकास समितिका अध्यक्ष गोपालराज भण्डारीलाई हस्तान्तरण गरेको जिल्ला अस्पताल इनरुवाका इमर्जेन्सी कक्षका इञ्चार्ज गुणानन्द झाले जानकारी दिए। 

स्वास्थ्य परीक्षण गर्न आवश्यक साधनस्रोत नहुँदा सामाजिक दूरी कायम राख्दै सेवा दिँदै आएका अस्पतालका स्वास्थ्यकर्मीलाई सामग्री हस्तान्तरण गरिएपछि  सहज भएको झाले बताए। रासस

प्रकाशित: ३० चैत्र २०७६ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App