समाज

रसुवामा एक जनालाई आइसोलेसनमा राखियो

रसुवा - भारतबाट फर्किएका एक जना पुरुषलाई ज्वरोमा सुधार नआएपछि आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। बुधबार जिल्ला अस्पताल रसुवा पुगेका उनलाई औषधि दिएर घर पठाइएको थियो।

तर बिरामीको ज्वरो नघटेपछि शुक्रबार उनलाई आइसोलेसनमा राखिएको हो। उनलाई ५ दिनअघिदेखि ज्वरो आएको थियो। बिरामीले अस्पताललाई जानकारी दिएअनुसार उनी दुई महिना अघि नै रसुवा आएका हुन्।

शुक्रबार पहिलो पटक आइसोलेसनमा बिरामी राखिएको जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले जानकारी दिए। शुक्रबार बिहान मलेरिया, डेंगी, टाइफाइड लगायतका परीक्षण गरिएकोमा सबै नेगेटिभ आएको छ। ‘उनलाई कोरोनाको लक्षण देखिएको छैन’, उनले भने, तर उनको ज्वरोमा सुधार नआएपछि स्वाब परीक्षण गर्न प्रयोगशाला पठाएका हौँ।’

उनको स्वाब परीक्षणका लागि शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको मेडिकल सुपरिटेन्डेन्ट डा खरेलले जानकारी दिए। जिल्लामा ५२ शैयाको आइसोलेसन सञ्चालनमा रहेको छ।

जिल्लामा पछिल्लो समय ज्वरोको बिरामी बढेका देखिएको छ। तर ज्वरो आउँदा आइसोलेसन तथा क्वारेन्टाइनमा बस्न पर्ने डरले स्वास्थ्य संस्था जाने दर घटेको स्वास्थ्यकर्मी बताउँछन्। ज्वरो आएका बिरामी मेडिकल जाने क्रम भने बढ्दै गएको छ।

प्रकाशित: २८ चैत्र २०७६ १४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App