समाज

प्राविधिक कार्यदल बनाएर किसानलाई सेवा प्रवाह

नुवाकोट- कृषि ज्ञान केन्द्र नुवाकोटले प्राविधिक कार्यदल बनाएर किसानलाई सेवा प्रवाह गरिरहेको छ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण तथा नियन्त्रण गर्न देशलाई नै लकडाउन गरिएको अवस्थामा कार्यलयबाट प्रवाह गरिने सेवाहरु किसान समक्ष पुरयाउन प्राविधिक कार्यदल बनाइएको हो। कृषि जन्य उत्पादनलाई किसानले निरन्तरता दिइरहेको अवस्थामा प्राविधिक ज्ञानको अभावले गर्दा क्षति व्यहोर्न नपरोस् भन्ने मान्यता लिएर उक्त कार्यदलबाट सेवा प्रवाह गरिरहेको कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख तेजप्रसाद दवाडीले बताए।

बाली, बागबानी, योजना लगाएत सम्बन्धी सेवा र कृषि प्रसार तथा कार्यक्रम बारे जानकारी दिनको लागि छुट्टाछुट्टै व्यक्तिलाई जिम्मेवारी दिइएको छ।

किसानले आफ्नो जिज्ञासा सम्बन्धित व्यक्तिलाई टेलिफोन, मोबाइल, इमेल र फेसबुक मार्फत जानकारी गराएर सेवा लिन सक्नेछन्। नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको यस कार्यालयले यो विसम परिस्थितिमा किसानलाई खेतीपाती गर्ने क्रममा कुनै समस्या भएमा समाधानको लागि सबै स्थानीय तहसँग समन्वय गरिरहेकोे केन्द्रका प्रमुख दवाडीले बताए।

 

प्रकाशित: २८ चैत्र २०७६ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App