समाज

वडाध्यक्षसहित नौजना पक्राउ

बझाड– लकडाउनलाई चुनौती दिँदै बान्निकी चैतली मेला सञ्चालन गरेको आरोपमा प्रहरीले चार वडाध्यक्ष र मन्दिरका पुजारीसहित नौजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–२ वडाध्यक्ष विकास ऐडी, ३ का केशवराज जोशी, ४ का अम्बर थापा र प्रवक्तासमेत रहेका ५ का वडाध्यक्ष लोकन्द्र ठकुन्ना, पुजारी नृपप्रसाद जोशी तथा डम्बर धामी, जय कृष्ण जोशी, राजेन्द्र सिंह र इन्द्र सिंह छन्।

उनीहरूलाई संक्रमण रोकथाम ऐन, २०२० अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ। गाउँपालिका अध्यक्ष अक्कल धामी र उपाअध्यक्ष राधिका रतालालाई प्रहरीले खोजिरहेको बझाङका प्रजिअ उमेश पाण्डेले बताए।पक्राउ परेका जनप्रतिनिधिले भने गाउँपालिकाबाट जानकारी गराउँदागराउँदै प्रहरीले आफ्नो कुरा नसुनेर सुरक्षाकर्मी नपठाएका बान्निकी चैतलि मेला स्थानीयले परम्पार अनुसार मनाएको बताएका छन्। 

प्रकाशित: २८ चैत्र २०७६ ११:०८ शुक्रबार

लकडाउन आरोप पक्राउ